हेटौंडा \ तीन दशक देखी चलचित्र पत्रकारितामा क्रियाशील रहेका चलचित्र पत्रकार राजन घिमिरेलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार–२०८० प्रदान गरिएको छ । चलचित्र पत्रकारिता दिवसको अवसर पारेर चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले २४ औ स्थापना दिवसको अवसरमा शनिबार हेटौंडामा पत्रकार राजन घिमिरेलाई १० हजार राशी सहित पुरस्कृत गरिएको हो । घिमिरे संघको केन्द्रीय संस्थापक सदस्य समेत हुन् ।
यस्तै संघले यस वर्षको चलचित्र पत्रकारिता पुरस्कार–२०८० बाट चलचित्र पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष पोष्टराज अधिकारी कुमारलाई प्रदान गरेको छ । अधिकारीलाई नगद ५ हजार राशी सहित सम्मानपत्र प्रदान गरिएको थियो । उनी दुई दशक देखी मकवानपुरमा रहेर पत्रकारितामा क्रियाशील छन् ।
![No description available.](https://scontent.fktm19-1.fna.fbcdn.net/v/t1.15752-9/346141838_220021090851713_2467971382590337830_n.jpg?_nc_cat=104&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=81WhTsPUvHYAX8Z-4wX&_nc_ht=scontent.fktm19-1.fna&oh=03_AdS93VCMUTx54GMt5qHIWhN9MqJ_CWO_EhHS6dgDHi8b6w&oe=64900048)
सोही अवसरमा यस वर्ष चलचित्र कलाकर्मी सम्मान–२०८० बाट कलाकार सुलेमान शंकर ईकुलाई प्रदान गरीएको छ । उनलाई सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरीएकोे थियो । मकवानपुरमा जन्मिएर राष्ट्रिय स्तरको कलाकारितामा सक्रिय रहेका सुलेमान शंकरलाई दर्शकले ईकु नामले चिन्दछन् । हाँस्य टेलिचलचित्रबाट कलाकारिता गरेका उनले चलचित्र निर्माण समेत गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि हेटौडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँले पुरस्कार तथा सम्मान पत्र प्रदान गरेका थिए । बधाई दिदै उपप्रमुख बानियाँले पत्रकारिता र कलाकारितामा अझ सक्रिय हुन आग्रह गरेका छन् ।
![No description available.](https://scontent.fktm19-1.fna.fbcdn.net/v/t1.15752-9/346107101_753801783197206_9051882032228322844_n.jpg?_nc_cat=101&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=CtwPF_MIWcYAX_2caaX&_nc_ht=scontent.fktm19-1.fna&oh=03_AdQMwNSBJ7NonVborOCt_SX2brp63taQbAuY5nLzYj_fDw&oe=648FE07D)
चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष कपिल खड्काको अध्यक्षतामा भएकोे कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष समीर बलामी, हेटौडा २ का वडा अध्यक्ष विष्णुगोपाल महर्जन, हेटौडा ४ का वडा अध्यक्ष नवीन सिग्देल, नेपाल पत्रकार महासंघ एशोसियट अध्यक्ष बैकुण्ठ पराजुली, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, ब्रोडकाष्टिङ्ग एशोसियसन अफ नेपालका वरिष्ठ उपाध्यक्ष उज्वल चौलागाई, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, एनएस सिनेमाहलका संचालक नवराज आचार्य, कलाकार तथा निर्माता सुशान्त कुमार श्रेष्ठ, लगाएत संचारकर्मीहरुको सहभागीता रहेको थियो ।
![No description available.](https://scontent.fktm19-1.fna.fbcdn.net/v/t1.15752-9/348356724_288270267096412_3752405412101698696_n.jpg?_nc_cat=110&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=2j-aRsqpRD4AX86ADXp&_nc_ht=scontent.fktm19-1.fna&oh=03_AdTqJDiarTow46KmFq7aJoMg3dDhrQa-_qNjucC9mUXpSA&oe=648FF1A4)