हेटौंडा \ लामो समयदेखि साइकल अभियानमा क्रियाशील अभियनकर्मीहरुको संस्था हिमालयन राइडर्स सोसाइटी हेटौंडाले शनिबार हेटौंडामा कोरा साइकल च्यालेन्ज गरेको हो । करिव २ वर्ष अघि हेटौंडामा स्थापना भएको हिमालयन राइडर्स सोसाइटी मकवानपुरले शनिबार कोरा च्यालेन्ज आयोजना गरेको हो ।
सोसाइटीले यो दोस्रो संस्करणको रुपमा कोरा च्यालेन्ज गरेको जनाएको छ । संसारभर जुलाई १६ मा आयोजना हुने कोरा च्यालेन्ज नेपालभर र हेटौंडामा पनि एकदिन अगाडि नै आयोजना गरिएको हो ।
![No description available.](https://scontent.fktm6-1.fna.fbcdn.net/v/t1.15752-9/361070904_162273323499707_6902735779673554377_n.jpg?_nc_cat=102&cb=99be929b-3346023f&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=sRtSqy8_3cEAX_WYT0c&_nc_ht=scontent.fktm6-1.fna&oh=03_AdT_v5tpJ2zIag19Knbpb75ZL1VrTl6472N_ohZlMnIqOw&oe=64DA20D3)
विशेषगरी धार्मिक क्षेत्रको पर्यटकीय सम्भावनाको उजागर गर्ने उद्देश्यले आयोजना गरिने कोरा च्यालेन्ज हेटौंडा–४ स्थित पशुपतिनाथ मन्दिरबाट सुरुभई रानीमन्दिर, कुष्माण्ड सरोवर त्रिवेणीधाम, रामहनुमान मन्दिर, ब्रम्हकुमारी राजयोग, सन्तोषिमा, रत्नकाली, दक्षिणकाली, मुक्तिनाथ, मुक्तेश्वर, बुढानीलकण्ठ, कल्याणेश्वर, लक्ष्मीनारायण, कृष्णप्रणामी, बनस्खण्डी, दक्षिणकाली, रुद्रेश्वर, पुण्यक्षेत्र, गोरक्षश्वर, जलेश्वरलगायत २० वटा मन्दिर परिक्रमा गरिएको बताइएको छ ।
२० वटा भन्दा बढी मन्दिर परिक्रमा पछि भुटनदेवी मन्दिरमा कार्यक्रमको समापन गरिएको सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिएका छन् ।