हेटौंडा / नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एबम पुर्ब प्रधानमन्त्री माधब कुमार नेपालले जनतासंग जोडिन र निरासा हटाउन समाजवादी जागरण अभियान सुरु गरीएको बताउनु भएको छ । सरकारले पुर्जीको ब्यबस्था गरेर कृषि क्षेत्रमा जनतालाई आत्मनिर्भर बनाउनुपर्ने जोड दिदै उहाँले गाँउगाँउमा कृषिक्रान्तिको अभियान लिएर अघि बढन कार्यकर्ताहरुलाई आबहान गर्नु भएको छ । शुक्रबार हेटौंडामा आयोजित समाजवादी जागरण अभियान अन्तरगर्त कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जनताका समस्या समाधान गर्न सरकारले काम गरीरहेको बताउदै ढिला सुस्ती र भ्रष्ट्राचार अन्त्य गराउन सकमात्रे जनताले न्याय पाउने बताउनु भयो ।
जनताको मनोबल उच्च भएन भने समाजको बिकाशमा गत्ति नहुने भन्दै उहाँले सरकारले कृषि क्षेत्रमा मनग्य लगानी गर्नुपर्नेमा जोड दिनु भयो । हामीसंग भएका प्राकृति श्रोतसाधन निर्यात गरेर आम्दानीका बाटोहरु बनाउन सके अर्थतन्त्र बलियो हुने बताउदै उहाँले चिन्तन सोच संगै आफुहरुले बिगतमा जनता आभाष कार्यक्रम,काठमाण्डौ निजगढ जोडने फास्टट्रायक योजना तथा निजगढमा अन्तराष्ट्रिय बिमानस्थल बनाउने लगाएतका योजनाहरु आफैले प्रधानमन्त्री हुदाँ ल्याएको अबगत गराउनु भयो ।
बिकाशमा आफुहरुको एकसय एक अभियानहरु अगाढी बढाएको बताउदै उहाँले सहि पार्टी र नेतृत्वमा पछि लाग्न सके देशले बिकाशको काचुली फेर्दै जाने बताउनु भयो । जागरण अभियानले पार्टी बलियो बन्ने भन्दै उहाँले कार्यकर्ताहरुमा निरासा भन्दा आशा जगाएर अघि बढन आग्रह गर्नु भयो ।
कार्यक्रममा बागमती प्रदेशका पुर्ब मुख्यमन्त्री एबम नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले पूर्वबाट सुरु भएको अभियान विहीबार मधेस प्रदेशको प्रमुख शहर वीरगञ्जहुदै आज हेटौडामा आईपुगेको बताउनु भयो । अभियानले पार्टीलाई स्थापित गराउन महत्वपुर्ण भुमिका खेल्ने उहाँले बताउनु भयो । जनताका आधारभुत मुद्धाहरु संम्बोधन गर्नुपर्नेमा जोड दिदै उहाँले दैनिक रुपमा बिदेश पलाएनहुने युवाहरुको लहर रोक्नुपर्नेम जोड दिनु भयो ।
कार्यक्रममा पुर्ब प्रधानमन्त्री एबम पार्टीका सम्मानित नेता झलनाथ खनाल,स्थायी कमिटि सदस्य विरोध खतिवडा, सचिब रामकुमारी झाक्री,पार्टी बागमती प्रदेश अध्यक्ष सावित्रा भूषाल, नेता ललित बहादुर बस्नेत, प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल जिल्ला अध्यक्ष विष्णुप्रसाद दाहाल लगायत नेताहरुको उपस्थिती रहेको थियो भने मकवानपुर ईन्चार्ज तथा केन्द्रिय सदस्य मुनु सिग्देलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो