हेटौंडा \ विश्व सुसमाचार समाज परमेश्वरको मण्डली हेटौँडा नेपालको आसेज स्टार विद्यार्थी समुहद्वारा हेटौँडा १५ रातोमाटेमा रहेको दिव्य सेवा निकेतन जेष्ठ नागरिक केन्द्रमा आश्रितलाई सेवा प्रदान गरिएको छ ।
परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको विद्यार्थीहरूद्वारा सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय स्वंयम सेवा गर्ने समुह हो । शुक्रबार उक्त विद्यार्थीहरुले जेष्ट नागरिकहरुको केश काटी दिने, हात खुट्टा धोएर तेल लगाइ दिने, नङ काटी दिने, आमाहरूलाइ केश कोरी दिने, हात र खुट्टामा तेल लगाइ दिने, मसाज गरी दिने, साथै मिठो भोजन खान दिएर ,टोपी, मोजा, खाजा प्याक गरी उपहार समेत प्रदान गरेका थिए । पृथ्वीका सबैलाई बचाउनु पर्छ भन्ने नारा बोकेर आमाको मन द्वारा विश्व व्यापीगाउँलाइ खुशी रहने ठाँउ बनाउनको निन्ति तारा जस्तै भुमिका निर्वाह गरी रहेका छन् ।
आश्रयस्थलमा करीब तीस जना जेष्ठ नागरिक बुबा आमाहरूलाई विद्यार्थीहरू करीब २५ जना जतिको समुहद्वारा बुबाआमाले टिफिन खर्च दिनु भएको रकमलाइ बचाएर मानव सेवा प्रदान गरिएको जनाइएको छ । अहिले वर्तमान समयमा विश्वमा आदर गर्ने मन हराउदै गएको, प्रेम सेलाउदै गइरहेको, मानिसहरूको हृदय झन झन कठोर बन्दै गइ रहेको अवस्थामा आसेज स्टारका विद्यार्थीहरूले गरेको कार्यको प्रशंसा गरिएको थियो । ।
विद्यार्थीहरूले आश्रममा भएका बुबा आमाहरूको साथै जाने बेलामा वि लभ यू भन्दै बिदा माग्दा बुबा आमाले गहभरी आसुँ झार्दै आश्रममा फेरी आउनुहोला भन्दै बिदाई गरेका थिए ।
परमेश्वरको मण्डलीचाहिँ विश्वका १७५ वटा देशहरूमा स्थापना भएको र सदस्यहरूको कुल संख्या ३५ लाख भएको पिता परमेश्वर र माता परमेश्वरलाइ विश्वास गर्ने एक विश्वव्यापी मण्डली हो । छिमेकीलाई सहयोग, आपत्कालीन राहत कार्य, वातावरण संरक्षण, रक्तदान कार्यक्रम, शैक्षिक सहयोग, कोभिड–१९का कारण जोखिममा परेकालाई सहयोग गर्ने कार्यसहित चौबिस हजार पटकभन्दा बढी स्वयंसेवा गतिविधिहरूको नेतृत्व लिँदै आइरहेको छ । यो मण्डलीले ख्रीष्टको प्रेमलाई विश्वका विभिन्न ठाउँहरूमा कार्यान्वयन गरिरहेको छ ।