हेटौंडा / हेटौंडा स्थित बहुराष्ट्रिय कम्पनी युनिलिभरले अनाधिकृत रुपमा उद्योग परिसर बाहिर लगेर आफ्ना उत्पादनमा लवेल लगाउँदै गरेको फेला परेको छ । हेटौंडा उपमहानगरपालिका–३ स्थित उद्योग खडा गरेर उत्पादन गरिरहेको युनिलिभरले उत्पादीत बस्तुमा लेवल लगाउने काम भने बाहिरबाट गर्दै आएको भेटिएको हो । युनिलिभरको उद्योग परिसरबाट केही तल तुथ पेस्ट ‘मञ्जन’का २ वटा ब्राण्डमा लेबल लगाउँने गरेको तथ्य फेला परेको हो । युनिलिभरको पेप्सुडेन्ट र क्लोजअप ब्राण्डका २ वटा उत्पादनमा अनाधिकृत रुपमा उद्योग परिसरभन्दा बाहिर लगेर लेबल लगाउने र प्याकिङ्ग गर्ने काम भइरहेको भेटिएको हो ।
युनिलिभरले उत्पादन गरेको उक्त ब्राण्डका मञ्जन सो स्थानमा लगेर पुनः प्याकिङ्ग र लेबल लगाइरहेको अवस्थामा फेला पारिएको हो । स्थानीय व्यवसायीको एक गोदाममा युनिलिभरका उक्त ब्राण्डका मञ्जन ल्याएर नयाँ प्याकेटमा प्याक गर्ने र सिल गर्ने काम धमाधाम भइरहेको थियो । त्यसो त युनिलिभरले आफ्नो उद्योग परिसर भित्र हत्तपत्त कसैलाई प्रवेश नै दिँदैन । प्रवेश अनुमति पाइहाले पनि बायो सेक्युरिटीका साथ चेकजाँच पछि मात्र पाइन्छ । उद्योगको उत्पादन क्षेत्र, भण्डारण क्षेत्र र प्याकिङ्ग र लेबलिङ पनि मेसिनबाटै हुन्छ भने उत्पादनको सुरक्षाको लागि उचित तपक्रम पनि निर्धारण गरी व्यवस्थापन गर्ने गर्दछ ।
तर, जुन स्थानमा युनिलिभरका उत्पादन पुनः प्यकिङ्ग र लेबल लगाइएको स्थान ट्रष्टको भवनको थियो भने न बायो सेक्युरिटि न तापक्रम व्यवस्थापन नै थियो । उत्पादीत बस्तु म्यानुअल रुपमा ग्लु गनको सहायताले प्याकीङ्ग भइरहेको थियो । यहाँसम्म की सो क्षेत्रमा उत्पादीत बस्तु र वेस्टेज (फोहोर) एकै स्थानमा थिए । केही काटुनहरुमा उत्पादीत बस्तु बजार पठाउन तयारी अवस्थामा प्याक गरि राखिएको थियो । क्लोज अफ र पेप्सुडेन्टका पुराना खोल पनि धेरै मात्रामा जम्मा गरि राखिएको थियो भने प्लास्टिकामा क्रेट र काटुनहरुमा उत्पादीत क्लोजअप र पेप्सुडेन्ट राखिएको थियो । झट्ट हेर्दा के लाग्छ भने उद्योगले बजारबाट कुनै कारणले फिर्ता ल्याएको सामान पुनः प्याक र लेबल लगाएर नागरिकलाई भ्रमित बनाउने तथा विक्रि गर्ने रणनीतिमा रहेको छ ।
कसरी खुल्यो युनिलिभरको अनाधिकृत लेबल सेन्टरको रहस्य ?
सो स्थानमा सिमित समयका लागि मानिसहरु काम गर्ने र काटुन, मञ्जनका खोलहरु बाहिर राखेर आगो लगाउने गरेको सुचना प्राप्त भएपनि युसनलिभरको अनाधिकृत लेबल सेन्टरको रहस्य खुलेको हो । विषेश सुचनाका आधरमा सोमबार मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईं सहितको टोलीले उक्त उद्योगको अनाधिकृत कार्यका बारेमा बुझ्न जाँदा उक्त तथ्य फेला पारेको हो । चापागाईं सहितको टोली लेबल लगाउने गरेको स्थानमा पुग्दा सो भवन ताला बन्द गरिएको थियो । केही समय पछि एक व्यक्ति सो भवन आफ्नो भएको भन्दै आएर सहायक प्रजिअ चापागाईंले गेट खुल्ला गर्न भनेका थिए ।
चापागाईंको आग्रह पछि सो ट्रष्टको भवन खुल्ला गरिएको थियो । सो भवनको जिम्मा लिएका स्थानीय मोहन रानाले भवनको ताला खोलेका थिए । भवन भित्र पेप्सुडेन्ट र क्लोजअपका पुराना कभर थिए । जसमा लगाइएको लेबल काटिएको थियो । त्रिपाल बिछ्याएर खुल्ला रुपमा युनिलिभरको सो उत्पादनहरु राखिएका थिए भने ग्लु गन, लेवल लगाउने मेसिन र मिति उल्लेख गरिएको स्टाम्प फेला परेको थियो । आफू युनिलिभरको कर्मचारी बताउने उनले मुल्य स्पष्ट नभएपनि उद्योगले सो स्थानमा पुनः प्याकिङ्ग र लेबल लगाउन आफूलाई खटाएको जानकारी दिए । उनका अनुुसार युनिलिभरसंग सो प्रकारको लेबल लगाउने मेसिन नभएकाले म्यानुअल रुपमा गर्नुपरेकाले सो क्षेत्रमा ल्याएर काम गरिरहेको हो ।
स्थानीयको ट्रष्टको भवन भाडामा लिएर केही कर्मचारी राखेर आफूले सो काम गरेको रानाले बताए । युनिलिभरसंगको करास सम्झौता अनुसार आफूले काम गरिरेहको उनको भनाई थियो । तर, सहायक प्रजिअ चापागाईं सहितको टोलीलाई उनले सम्झौता देखाउन सकेनन् । रानाका अनुसार आफ्नो कम्पनीसंग युनिलिभरले करार सम्झौता गरेको दावी थियो ।
तर, उनको कम्पनीसंगको संम्झौता युनिलिभरले राखेको उनले बताए । चापागाईंको टोलीले रानासंग कम्पनीको कागज पत्र माग गरेपछि रानाले घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएको टिडि इन्ज्निियरिङ्ग वक्सको दर्ता प्रमाण पत्र उपलब्ध गराएका थिए । जसको उद्देश्यमा ग्रिल, सटर, ट्रष्ट निर्माण लगायतका थिए । उक्त अवस्था फेला परेपछि सहायक प्रजिअ चापागाईंले तत्काल कुनैपनि काम नगर्न र उद्योगको उत्पादनसंग सम्बन्धीत काजगपत्र, पुनः प्याकिङ्ग र लेबल लगाउनु दिएको करार सम्झौता सहित मंगलबार कार्यालय हाजिर हुन निर्देशन दिएका थिए ।
श्रोत: रातो पाटी डटकम