एक छिन मैले कांग्रेस,कांग्रेस डा शेखर,डा शेखर भन्नुको कारण नियालौं ।
नेताले नीति,विचार,सिद्धान्त,दीर्घकालीन योजना र नेतृत्व दिने हो।तर नेपालमा नेताले नेतृत्व मात्र गरे जस्तो देखिन्छ । नीति,विचार, सिद्धान्त,दीर्घकालीन योजनाको लक्ष्य दिएको लिएको देखिएन।
स्वर्गीय विपी कोइरालामा नेतृत्व र नीति दुबै गुण थियो।मलाई स्वर्गीय विपी कोइराला पछि यो शताब्दीमा नेपाली कांग्रेस पार्टी भित्र नेतृत्व र दीर्घकालीन नीति, योजना भएको नेता मध्ये डा. शेखर कोइराला हुनुहुन्छ जस्तो लाग्छ। यो मैले बेलायतमा बसेर बेलायती आँखाले नेपाल तिर नियाल्दा देखेको अवस्था हो।
नेपाली कांग्रेसका प्रायः सबै नेता राम्रै छन् तर डा.शेखर कोइराला अब्बल देखिन्छन्। त्यस पछि मैले देखेको अब्बल नेता मेरा आत्मीय भाई गगन थापा हुन्। नेपाली कांग्रेस पार्टी मार्फत अब साँच्चै नेपालको विकास र सम्वृद्धि ल्याउने हो भने आउने कांग्रेस महाअधिवेशनबाट डा. शेखर कोइरालालाई पार्टी सभापति र गगन थापालाई डा. शेखर कोइराला पछि नेपालको प्रधानमन्त्री र नेपाली कांग्रेस पार्टी सभापति बनाउनु पर्दछ।
हतारिएको नेतृत्वले दीगो संवृद्धि,विकास भर्न सक्दैन।हामी सबै नेपाली कांग्रेस पार्टी कार्यकर्ता नेताहरुले नयाँ सोच, विचारलाई उठाई दिनु हुन आग्रह गर्दछु।
अंग्रेजले भन्ने गर्दछन् कि आकासमा उँडिरहेको दुई वटा सुगा भन्दा हातमा भएको एउटा सुगा प्यारो अंग्रेजले यसै यो कथन भनेको हैनन् होला। नेतृत्व लिन मपाईंत्व गर्दै,छलकपट, धोकाधडी गर्दै आकासको दुई सुगा लिन अघि बढे हातमा भएको सुगा पनि भाग्न गुम्न बेर छैन। नेतृत्वको चरम महत्वकांक्षी होडमा कतैतिर नहेरी,ननियाली दौडिदा हातको सुरक्षित सुगा पनि गुम्ला यो हेक्का राख्न जरूरी छ।
आदर,सम्मान, माया, प्रेम, विश्वास,सद्भाव भकुण्डो जस्तै हो। जति धेरै बजाऱ्यो,त्यती नै आफु तिर फर्कने। यो हाम्रो संस्कार हो। अरुबाट पटक पटक पाएको आदर, सम्मान, माया, प्रेम, विश्वास,सद्भाव दिन,फिर्ता गर्न भुल्नु हुँदैन।
गगन थापाले डा शेखर कोइरालालाई दिने आदर,सम्मान, माया, प्रेम, विश्वास, सद्भावलाई डा. शेखर कोइरालाले उचित समयमा भकुण्डो फर्किए जस्तै फर्काई दिनेछन्। यसमा साक्षी लाखौं हामी निष्ठावान कार्यकर्ताहरु बनौंला । हिजोको दिनमा पनि शेर बहाहुर देउवालाई आदर,सम्मान, माया, प्रेम, विश्वास, सद्भाव दिने उनै स्वर्गीय बिपी कोइराला र गिरिजा कोइराला, डा शेखर कोइरालाहरु नै हुन्।
हामी कसको कारणले,सहयोगले यो अवस्थामा पदीय दायित्वमा छौं । यो कुरा सदैव आफै भित्र खोजी रहनु पर्दछ। हामीलाई यो पद, मान, सान, भुमिकामा कसले सहयोग गरेर पुऱ्याएको हो । भन्ने बिर्सियो भने प्रजातान्त्रिक आन्दोलनमा आहुती दिने शहिदको विचारलाई कुल्चेको ठहर्छ।
विशेष गरी शेरबहादुर देउवा, कृष्ण सिटौला र गगन थापाहरुले आफ्नो नेतृत्व विकासमा विगतमा सदैव सहयोग गर्ने, साथ दिने, हातहरुलाई सम्झनु पर्दछ। आफू पदमा नभए पनि ति सहयोगी हातहरुको ऋण फर्काउन सक्नु पर्दछ।
म त बेलायतमै छु। मेरो लण्डनमा सिनियर इन्जिनियर पदको राम्रो जागीर छ। मेरो श्रीमतीको पनि सिनियर नर्सको राम्रो जागिर छ। छोरी पनि मेडिकल डाक्टर केहि महिनामै हुँदैछिन्।बेलायती मन्त्रीहरु नै घरमै सल्लाह लिन आउँछन्।मलेखु, काठमाण्डौ देखी लण्डन सम्म सानो घरबार जोडि सके। पेन्सन पनि राम्रो आउने वाला छ। काम गर्न मन लागे ७० वर्ष सम्म बेलायतमै काम गर्न जागीर छदैछ ।
तर पनि नेपाली कांग्रेस पार्टीको नेतृत्व बारे म किन लेखि रहेको छु त । किनकी म कांग्रेस पार्टीलाई असाध्य प्रेम गर्छु।कांग्रेसको मान, सान, इज्जत र गौरव बढ्दा मेरो मान, सान र इज्जत बढेको ठान्छु।
मेरो हजुरबुवा कांग्रेस, कांग्रेस विकास,सम्वृद्धि, समाजवाद भन्दै स्वर्गीय हुनुभयो । मेरो बुबा,आमा पनि कांग्रेस,कांग्रेस,समाजवाद भन्दै बुढो हुनु भयो। म,भाई,दिदी,भान्जा,भान्जी,भिनाजु,नातेदार सबैको मुखमा कांग्रेस,कांग्रेस जपना छ। बेलायतमा पनि हरेक दिन कांग्रेस जपि रहन्छौं।
हामी मन्त्री,सांसद,राजदुत,महानिर्देशक इत्यादी बन्ने पनि होइन।बन्नु पनि छैन। हामी आफै बाँच्नको लागी मेहेनत गरि रहेकाछौं । कांग्रेसबाट हामीलाई केहि चाहिएकै छैन।
कांग्रेसको नेतृत्व मिल्दा यसको सकारात्मक असर २०८४ को आम निर्वाचनमा पर्दछ। नेपालको सम्वृद्धि र दीगो विकासको लागी पनि नेपाली कांग्रेस पार्टीले बहुमत ल्याउनु पर्दछ।
कांग्रेसको नेतृत्वमा सहमती नभई अस्वस्थ्य प्रतिस्पर्धा भयो र कार्यकर्ता बीच मन भाँचियो भने त यसको फाईदा उनै एमाले र केपी ओलीलाई हुन्छ। त्यो अवस्थामा सिंहदरवार, प्रदेश, पालिका, वडाको जुंगा मुसारेर ताउलो पकाउने एमाले वा अन्य नै हुनेछन् । अनि कांग्रेसको हातमा झण्डा, डण्डा, साशन, विकाश, सम्वृद्धि नआउँन सक्छ।
एक छिन मैले कांग्रेस,कांग्रेस डा शेखर,डा शेखर भन्नुको कारण नियालौं ।
मैले धादिङ्ग गजुरी बाट जिल्ला स्तररिय एसएलसी दिई जिल्ला टप गर्दा माओवादी नेता बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिक जम्कट्टेल ६ कक्षा पढ्दथे । मैले कांग्रेस,कांग्रेस भन्दा उनले माओवादीको म पनि उच्चाहरण गर्न जानेका थिएनन् तर उनीहरु पदीय दायित्वमा कहाँ पुगे । तर हाम्रो कांग्रेस,कांग्रेस भन्ने साथीहरुले के पाए, मान, सान, इज्जत के पाए । मैले रिसराग,जलन गरेको चाहिं हैन। मन्त्री भएकाहरुलाई स्वागतै छ तर मेरो प्यारो कांग्रेस पार्टी भित्रको कार्यकर्ताको स्थिती मात्र जाहेर गरेको हूँ।
उता मेरो घर धादिङ्ग मलेखु त्रिशुली नदि पारिका हाल राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापती डिपी अर्याल मैले एसएलसी दिंदा १ कक्षामा पढ्थे। राजनिती गिंजलियो उनी मन्त्री बने। तर हाम्रा कांग्रेस कांग्रेस भन्नेले के पाए ? मैले रिसराग, जलन गरेको चाहिं हैन। मन्त्री भएका हरुलाई स्वागतै छ तर मेरो प्यारो कांग्रेस पार्टी भित्रको कार्यकर्ताको स्थिती मात्र जाहेर गरेको हूँ।
आखिर मानव हो । हरेक कार्यकर्ताको नेतृत्व विकासको लागी पार्टी र साशकीय,पदीय चाहना हुन्छ नै। सम्वृद्धि पनि छैन । विकास पनि छैन । रोजगारी पनि छैन। नेतृत्व विकासमा कांग्रेस पार्टीबाट न्यायपूर्ण बराबरी अवसर र एथोचित सहयोग पनि छैन। अनि कार्यकर्ता बेलुका घर भित्र पस्दा श्रीमती र परिवारको अगाडी अपहेलीत हुँदैन र ? यता तर्फ कांग्रेस पार्टीले अली कति मनन गर्नु पर्दैन र ?
अब एक छिन अर्को एउटा घटना मन पोलेर लेख्दैछु । त्यो के हो भने माओवादी पार्टीका पूर्व मूख्यमन्त्री,जो म एसएलसी पढ्दा ६ कक्षामा पढ्दथे,उनै मुख्यमन्त्री मेरो घरमा झण्डेवाल कारमा एकदिन रोकिएछन्। झण्डेवाल कारबाट झरेर मेरो ९२ वर्षिय सदैव कांग्रेस कांग्रेस भन्दै नाच्ने,जप गर्ने बृद्ध बुवालाई भेटेर जय नेपाल गरेछन् र भनेछन् ।
ए बुबा, तपाईंको छोरा आर के त्रिपाठीको कांग्रेस प्रतिको मेहनत कांग्रेसले बुझ्दैन र केहि दिँदैन पनि। त्यसैले आर के त्रिपाठी दाईको जिम्मा हामी लिनेछौं। उपयुक्त नियुक्त दिनेछौ।आरके त्रिपाठी दाईलाई कांग्रेस छोड्न भन्नु पऱ्यो भनेछन् ।
ठिक त्यसको २ महिना पछि त्यही मलेखुमा मेरो घर अगाडी अर्को झण्डे वाल गाडी रोकिएछ । गार्डले कारको ढोका खोलेछन । मन्त्री डिपी अर्याल मेरो ९२ वर्षिय सदैव कांग्रेस कांग्रेस भन्दै नाच्ने,जप गर्ने बृद्ध बुवा भेट गर्न मेरो धादिङ्ग मलेखुको घर भित्र पसेछन्मै । ले क्ीऋ पढ्दा डिपी अर्याल १ कक्षा पढ्दथे । उनको पनि मेरो ९२ बर्षिय बृद्ध बुबा संग संवाद यस्तो थियो ।
ए बुबा तपाईंको र तपाईंको छोरा आर के त्रिपाठीको कांग्रेस प्रतिको मेहिनेत कांग्रेसले बुझ्दैन र केहि दिँदैन पनि। त्यसैले आर के त्रिपाठी दाईको जिम्मा हामी लिनेछौं। उपयुक्त नियुक्त दिनेछौ।आर के त्रिपाठी दाईलाई कांग्रेस छोड्न भन्नु पऱ्यो भनेछन् ।
उनीहरु मन्त्रीले त ठिकै भने होलान् तर मेरो ९२ वर्षिय बृद्ध बुबाको स्वामिमानमा चोट पुगेको कुरा कांग्रेसले बुझ्नु पर्दैन ?
म त लण्डन आएँ ।पढ़ें, जागीर खाएँ, ३४ देश विदेश घुमे। घर बार जोडे। बच्चालाई लण्डनमा पढाएँ। बाल बाल बचे। तर म संगै कांग्रेस, कांग्रेस भनेका साथीहरु अवसर नपाएर भौंतारि रहेको,रोइरहेको आँसुहरु टप नेतृत्वले बुझ्नु पर्दैन ?
हामीले देश बनाउने हो । विकास गर्ने हो। कांग्रेस पार्टी बलियो बनाउने हो। जनताको पनि स्तर उकास्ने हो । देशको मुहार फेर्ने हो। अनि कार्यकर्ताको पनि स्तर उठाउने हो। यो कार्य २०८४ को चुनावमा कांग्रेसले बहुमत ल्याउँदा मात्र सम्भव हुनेछ।
२०८४ को चुनावबाट आउने नतिजामा बहुमत कांग्रेसले नै ल्याओस भनेर नै देउवा, गगन र डा शेखर मिल्नु पर्दछ भनि रहेको छु। के मैले गल्ती भनेको हो र ? त्यसैले एक पटक सभापती डा. शेखर कोइरालालाई बनाऔं। त्यस पछि सबै मिलेर गगन थापा लाई बनाऔं।
म लण्डनबाट तपाईंहरु लाई साथ दिन्छु। तपाईंहरु मेरो अनुरोध त सुनी दिनोस।
जय नेपाल