हेटौंडा \ राप्रपा नेपाल आबद्ध राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपाल मकवानपुरको अध्यक्षमा भृगु कार्की चयन भएका छन् । कार्कीको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला समिति चयन भएको छ ।
समितिका उपाध्यक्षहरुमा रोम प्रसाद सापकोटा , तुल्सी नेपाल , आरती पाठक कार्की, भगवान बर्तौला, प्रदीप विष्ट , सचिव राजकुमार पौडेल , कोषाध्यक्ष साकार बर्तौला, सहसचिव महेश्वर न्यौपाने चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा बलवीर लामा, सुशील तिमल्सिना ,अरुण कुमार दुलाल, इन्जिनियर पुजा श्रेष्ठ , रुपेश सिंह ठकुरी , दीपक अधिकारी , रविन गौतम , राजन सन्जेल, केशब विष्ट , प्रभा राई, बिबेक न्यौपाने, कमल घले, विशाल गौतम, सुगन्ध लामा, जीवन खड्का, कुमार लामा, काशिराम सुवाल, राजकुमार दुलाल, ध्रुव गौतम, कुमार लामा, गुणराज सापकोटा , गोपाल राना मगर, सागर घलान, सुमित श्रेष्ठ , अभिषेक लामा, सविन सापकोटा लगायत रहेका छन् ।
समितिमा रहेकाहरुलाई बधाई शुभकामना दिदै राप्रपा नेपालका नेताद्वय गणेश थापा र राजाराम बर्तौलाले आगामी निर्वाचनमा राप्रपा नेपाललाई स्थापित गर्न युवाहरुको महत्त्वपूर्ण भुमिका हुने भन्दै सबैलाई बधाई दिन्दै संगठन केन्द्रित हुन आग्रह गरे ।
कार्यक्रममा राप्रपा नेपाल मकवानपुरका नेताहरु अम्बिका खतिवडा, गुरु प्रसाद सापकोटा ,मन डिसि, प्रेमलाल श्रेष्ठ , टक्कर थापा, नवराज पौडेल ,इन्दिरा पाठक, बद्री कुँवर, रन्जना बर्तौला सन्दिप चौलागाईं लगायतको उपस्तिथि रहेको थियो ।