हेटौंडा \ हेटौंडा २ कातिराजपथमा रहेको फ्रयाङ्कलिन एजुकेशन कन्सल्टेन्सीले युकेको विद्यार्थी भीषाका लागि नयाँ कार्यक्रम ल्याएको छ । फ्रयाङ्कलिनका प्रबन्धक निर्देशक आलोक श्रेष्ठका अनुसार यही मंसिर २ गते मंगलबार युके अध्ययनका लागि विद्यार्थीको शैक्षिक प्रमाणपत्र र अन्य आवश्यक कागजपत्र हेरेर अफर पत्र प्रदान गरिने बताए ।
युकेमा रहेको विभिन्न विश्व विद्यालयका लागि सोही विश्वविद्यालयका प्रतिनिधिहरुको उपस्थितिमा शैक्षिक प्रमाणपत्र र पासपोर्ट लगायत अन्य कागजपत्र अध्ययन गरि तत्कालै अफर पत्र प्रदान गरिने श्रेष्ठले बताए । २ गते विहान १० बजेदेखी दिउँसो १ बजेसम्मको लागि विद्यार्थीहरुले युके जानको लागि बुझ्न र प्रक्रिया अगाडी बढाउन सकिने उनले बताए ।
उक्त दिन अफर लेटर प्राप्त गर्ने एक विद्यार्थीलाई गोलाप्रथा मार्फत दश हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने युके विश्वविद्यालयमा भिषा लागेको खण्डमा दुईजना विद्यार्थीलाई गोलाप्रथा मार्फत एक/एक थान ल्यापटप पुरस्कार प्रदान समेत गरिने प्रवन्धक निर्देशक श्रेष्ठले बताए ।
कन्सल्टेन्सीले युके, क्यानडा, युएसए, अष्ट्रेलिया, जर्मन, डेनमार्क, फिनल्याण्ड लगायत अन्य मुलुकमा उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरु पठाउँदै आइरहेको श्रेष्ठले बताए । फ्रयाङ्कलिनले हेटौैंडा सहित काठमाडौं, पोखरा, लण्डन, क्यानडामा आफ्नो कार्यालय सञ्जालबाट सेवा प्रदान गर्दै आइरहेको श्रेष्ठले बताए ।