कैलाश \ मकवानपुरको कैलाश गाउँपालिकाले संशोधित बजेट पारित गरेको छ । गाउँपालिकाको बिहीबार बसेको १७ औं गाउँसभाले आन्तरिक स्रोत तर्फबाट सञ्चालित २ करोड ५१ लाख रुपैयाँ संशोधित बजेट पारित गरेको हो । गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले सभामा पेश गरेको उक्त बजेट कार्यक्रमलाइ अध्यक्ष लोक बहादुर मुक्तानले निर्णायार्थ पेश गरेका थिए । अध्यक्ष मुक्तानले पेश गरेको उक्त बजेट कार्यपापलिका सदस्यहरुले सर्वसम्मत रुपमा पारित गरेका थिए ।
कैलाशले चालु तर्फ आन्तरिक स्रोत तर्फबाट ९ करोड ४२ लाख रुपैयाँ, पुजीँगत तर्फ १५ करोड ४८ लाख रुपैयाँ सहित कुल २४ करोड ९१ लाख रुपैयाँ संशोधित बजेट कार्यान्वयनमा लाने भएको छ । गाउँपालिकाले आन्तरिक स्रोतबाट २ करोड ५१ लाख रुपैयाँ बजेट थप गरेको हो ।
यसअघि गत असार १० मा गाउँपालिकाले ५४ करोड २९ लाख रुपैयाँ बजेट ल्याएको थियो । कैलाशले उक्त बजेटमा समावेश भएको विशेष तथा सशर्त अनुदान वापतको रकम भने संशोधन गरेको छैन । कैलाशले १७ वटा आयोजनाहरु कटौति तथा हटाएको छ भने ४३ वटा योजनाहरु थप गरेको छ । १४ योजनामा रकम घटाउनुको साथै ४ योजनामा रकम थप गरेको छ ।
सभामा विद्यायन समितिका संयोजक भूवन सिं घलानले गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक, गाउँपालिकाको बेरुजु फस्र्यौट कार्यविधि ०८२, गाउँपालिकाको लेखा समिति गठन तथा सञ्चालन कार्यविधि र गाउँसभा सचिवालय स्थापना तथा कार्य सञ्चालन कार्यविधि प्रस्तुत गरेका थिए । त्यस्तै, उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले चालु आर्थिक वर्षको विनियोजन ऐन, बजेट तथा कार्यक्रमको संशोधित अनुमान विभिन्न एजेन्डाका विषय प्रस्तुत गरेका थिए ।
चेली सहित विभिन्न व्यक्ति सम्मानित
सभामा चेली प्रोत्साहन कार्यक्रम अन्तरगत चेलीहरु सहित विभिन्न क्षेत्रका कर्मचारी र व्यक्तिहरुलाई नगद सहित सम्मान गरिएको थियो । १२ कक्षा उत्र्तीण पश्चात २० वर्ष पुरा भई विवाह गर्ने ७ जना चेलीहरुलाई नगद वीस हजार सहित सम्मान गरिएको थियो । सम्मानित हुनेमा कैलाश ९ की आइस्का थापा, कैलाश १० की कुमारीमाया स्याङ्तान र एस्तर प्रजा, कैलाश १ की विमला थापामगर र रीता थापामगर, कैलाश २ की पुष्पा प्रजा, कैलाश ५ की सिर्जना दर्लामीमगर रहेका छन् ।

त्यस्तै, स्वास्थ्यतर्फ नामटार स्वास्थ्य चौकीकी सिनियर अनमी नानीमैया सत्याल, लिच्चे आधारभूत स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट सरफोदिन राउत गद्दी र गोगने स्वास्थ्य चौकीका कार्यालय सहयोगी टोलकुमारी सुवेदीलाई नगद सहित सम्मान गरिएको थियो ।
यसैगरी प्रशासन तथा प्राविधिकतर्फ कैलाश गाउँपालिकामा कार्यरत सहायक महिला विकास निरीक्षक रमिला सापकोटा, कृषि प्राविधिक उमेश गुरुङ, कार्यालय सहयोगी भाइविक्रम मल्ल, कैलाश ९ मा कार्यरत सव इन्जिनियर धिरेन्द्र राई, कैलाश २ का वडा सचिव नितेश कुमार यादव, कैलाश १ का सामाजिक परिचालक राजकुमार मुक्तान, कैलाश ८ का कार्यालय सहयोगी विशाल मुक्तानलाई नगद सहित सम्मान गरिएको थियो ।

त्यस्तै, शिक्षा क्षेत्रतर्फ एसईइमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयमा कमलादेवी माध्यमिक विद्यालय, एसईइमा उत्कृष्ट अंक ल्याउने आयुष्मा घिसिङ, यमबहादुर गुरुङ र स्वर्णिम स्याङ्बो, कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने अरुणा घलानलाई नगद सहित पुरस्कृत गरिएको थियो । यसैगरि सेवा निवृत पूर्व प्रअ मोहन शिवाकोटी, प्रधानाध्यापकद्धय देवेन्द्र प्रसाद यादव र निर्मला सिन्तान, शिक्षकमा प्रावितर्फ सन्तोषी साह र लक्ष्मण प्रसाद बर्तौला, निमावितर्फ मञ्जुकुमारी कार्की र परमानन्द झा, प्रारम्भिक वाल विकास सहजकर्तातर्फ बुद्धिमाया मुक्तान, विद्यालय कार्यालय सहयोगीद्धय सिंह बहादुर प्रजा र पदमराज रुम्बालाई नगद सहित सम्मान गरिएको थियो ।

त्यस्तै, सञ्चारकर्मीतर्फ प्रष्टखबर डटकमका सुनिल शिवाकोटी, निर्माण व्यवसायीतर्फ पल्भिस कन्स्ट्रक्सन एण्ड सप्लायर्सका सञ्चालक सुनिल शर्मा, उपभोक्ता समितितर्फ वाक्सिराङ कालिका मन्दिर संरक्षण उपभोक्ता समिति कैलाश ८ का अध्यक्ष वीरबहादुर लोप्चन, मेडपा उद्यमीतर्फ रेशम थिङ, कृषकतर्फ सुर्यबहादुर थिङलाई नगद सहित सम्मान गरिएको थियो ।