हेटौंडा \ हेटौंडा उपमहानगर वडा नम्बर ११ नवलपुरमा रहेको बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक सभा शनिबार भएको छ । आव २०७८/०७९ मा २५ करोड ३२ लाख ४५ हजार ९३६ रुपैयाँको वार्षिक कारोबार गर्दै सहकारीले सभा गरेको हो ।
संस्थाका अध्यक्ष आशा कुमारी अधिकारीको सभाध्यक्षता तथा जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा सभा भएको थियो ।
सहकारीमा २ करोड ६९ लाख ५१ हजार पाँच सय शेयर पुजीँ जम्मा गर्दै आफ्ना शेयर सदस्यलाई २० करोड २४ लाख ८९ हजार ८४८ रुपैयाँ कर्जा लगानी गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत शर्मिला श्रेष्ठले बताइन् । उनले संस्थामा बचत निक्षेप १८ करोड ४६ लाख ८३ हजार ५३६ रहेको बताइन् । सहकारीमा जगेडा कोष भने १ करोड १३ लाख ७६ हजार ८६६ रुपैयाँ रहेको छ ।
सभाको अवसरमा नियमित बचततर्फ कमला गिरी, सञ्चमाया बल, कान्ता धिताल, खुत्रुके बचततर्फ रिता शिवाकोटी, मिना सापकोटा, सञ्चमाया बल, रेनुका थापा क्षेत्री, असल ऋणीतर्फ गंगा सुनुवार, रेनुका थापा क्षेत्री, पार्वती बानियाँ, असल व्यवसायीतर्फ पुतली सेती सिलाल र गंगा कुमारी तामाङलाई पुरस्कृत गरिएको थियो ।
![No description available.](https://scontent.fktm12-1.fna.fbcdn.net/v/t1.15752-9/311507668_536179118247642_6108749995321585195_n.jpg?_nc_cat=100&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=2ou_Yw1eIK8AX9bv3rx&_nc_ht=scontent.fktm12-1.fna&oh=03_AdRz-UJgt6b7OZHQtknhSiUUElWljX-mfQ0cYHVBYwFxag&oe=6371EFA0)
यसैगरि जीवन साहारातर्फ सविना पुडासैनी, चिनीमाया श्रेष्ठ, शिक्षा बचततर्फ उषा बर्तौला, सतिदेवी कंडेल, उत्कृष्ट शेयर तर्फ रिता शिवाकोटी, विष्णुमाया श्रेष्ठ, उत्कृष्ट गहना बचततर्फ लालीमाया तितुङ, सोविता कुमारी अधिकारी र पानसमा बत्ति बाल्ने सदस्य सुनिता शिवाकोटीलाई पुरस्कृत गरिएको थियो । सबै पुरस्कार गोलाप्रथाको माध्यमबाट पुरस्कृत गरिएको थियो । सभामा ११ वटा टोल विकास संस्था र ३५ जना जेष्ठ शेयरलाई सम्मान गरिएको थियो ।
सभामा वडा नम्बर ११ का अध्यक्ष जुना दाहाल, हेटौंडा उपमहानगरका सहकारी विभाग शाखाका प्रमुख हिमप्रसाद पौडेल, जिल्ला बचत संघका अध्यक्ष कल्पना श्रेष्ठ, सल्लाहकार सिताराम बर्तौला, नेफ्स्कुन फिल्ड हेटौंडाका सदस्य राजेन्द्रप्रसाद पौडेल , नवयुवा साकोसका व्यवस्थापक नन्दलाल श्रेष्ठ, संस्थाका लेखा संयोजक सीता सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।
![No description available.](https://scontent.fktm12-1.fna.fbcdn.net/v/t1.15752-9/311466947_471062898312390_220001651020244258_n.jpg?_nc_cat=103&ccb=1-7&_nc_sid=ae9488&_nc_ohc=vamiWBH3erEAX9Xmqv7&_nc_ht=scontent.fktm12-1.fna&oh=03_AdRnG_gPMkqGO9ONnMDNKdDcGo3c71MUqqgfPuzrI6EZYQ&oe=63710707)