हेटौंडा उपमहानगरपालिकाको आयोजनामा सफा हेटौंडा अभियान अन्तरगत आज हेटौडा ६ चौघडा बजार क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा डेङ्गु रोग नियन्त्रण अभियान अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ वडा कार्यालय र टोलविकास संस्था वडा समन्वय समिति हेटौंडा ६ को समन्वयनमा ४ दिने अभियान अन्तरगत सरसफाई गरीएको टोल विकास संस्था हेटौडा ६ का सचिब राजकुमार फुयालले बताउनु भयो ।
सरसफाई कार्यक्रममा हेटौडा ६ का चुच्चेखोला, शान्तिटोल, रक्षादेवीटोल हात्तिलेट टोल, गौरीटार टोल, भुलभुले पुतलीबजार,दिब्यनगर, गुप्तेष्वरी चौघडा टोलको प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
सरसफाइमा ६ नं वडा अध्यक्ष विष्णु बहादुर दहाल सदस्यहरु विजय पौडेल ,सरिता सापकोटा, मुना वि क ,लेखराज ढकाल,नगर समन्वयका उपाध्यक्ष विष्णु ढुङ्गाना,सदस्य गोमा लामिछाने, ६ नं वडा समन्वय अध्यक्ष वासुदेव खतिवडा, उपाध्यक्ष रमेशकुमार थापा,सचिव राज कुमार फुयाल,कोषाध्यक्ष नानीमाया रुम्बा, समन्वयका सदस्यहरु, स्वास्थ्यकर्मीको तर्फबाट हेटौंडा स्वास्थ्य चौकीका इन्चार्ज टिएन ढुङ्गेल,स्वास्थ्य स्वयमसेविकाहरु,सुरक्षाकर्मी,चौघडा चौकीका प्रहरी नायव निरीक्षक रामशरण दुलाल लगायत ६ नं वडामा रहेका २३ वटा टोल विकास संस्थाका अध्यक्ष लगायतका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
सरसफाई गर्दै वडा अध्यक्ष दाहालले आफनो घरअगाडी आफै सफा गर्ने बानी बसाले आफै बिभिन्न महामारी रोगहरुबाट बच्न सकिने बताउनु भयो । वडा अध्यक्ष्ँ दाहालले साथै डेङ्गु रोग नियन्त्रण सम्बन्धि सचेतना फैलाउन सबैमा आग्रह गर्नु भयो ।