वर्तमान परिपेक्षमा हाल देखिदै आएको तरल खालको राजनितिक परिदृश्यलाई दृष्टिगत गर्ने हो भने २०६२-६३ सालको जनआन्दोलन पश्चात २०५२ सालको जनयुद्ध सुरु गरेर आएको शक्ति माओवादी र सात दलीय मोर्चाबीच २०६४ सालको सविधान सभा निर्वाचन पछि माओवादी पार्टीको बहुमतको सरकार र त्यसपश्चात २०७० सालको दोस्रो संविधान सभाको निर्वाचन पछि माओवादी पार्टी देखिएको परिस्थितीले पार्टी टुटफुट हुदैं तेस्रो स्थानमा सिमित भयो । तत्पश्चात सबै जनताहरुको जो वामपन्थी विचार सँग नजिक हुनेहरुको चाहाना कम्युनिष्ट पार्टीहरु एकीकृत भई शासन गरेको हेर्न चाहान्थे ।
सोही अनुसार नेकपा एमाले र नेकपा माओवादी आपसमा एकीकरण गरेर चुनावमा गए अनि झण्डै दुईतिहाइ बहुमत नेकपाको भयो । जसबाट प्रथानमन्त्री खड्ग प्रसाद ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष भए । प्रधानमन्त्री ओलीले चलाउने र प्रचण्डले अध्यक्षको हैसियतले पार्टी चलाउने भद्र सहमती भयो । त्यो सहमती धेरै समय चल्न सकेन । पछि पार्टीमा अन्तर विरोध सुरु भयो ।
प्रचण्ड र माधवकुमार नेपाल एकातिर र ओली अर्कोतिर हुदैं गर्दा पार्टी भावनात्मक रुपमा फुटको संघारमा पुग्यो । त्यसमध्ये एउटा अध्यक्ष प्रधानमन्त्री हुने र अर्का अध्यक्ष प्रचण्ड चाहीँ सडकमा खबरदारी सभाहरु गर्दै रहे । यो अवस्था चल्दै गर्दा ओलीले दुईपटक संसद विघटन गर्न राष्ट्रपति समक्ष प्रस्ताव पुगेपछि दुबैपटक संसद विघटन भयो ।
कांग्रेस, नेकपाको प्रचण्ड-माधवको समूहले संयुक्त रुपमा सर्वोच्च अदालतमा संसद विघटन विरुद्ध रिट हाले, जसअनुसार विभिन्न चरणमा बहस भए पश्चात संसद पुर्नस्थापना हुने र सिंगो नेकपा पार्टी पुर्व एमाले र माओवादी पार्टी हुने गरि सर्वोच्चले फैसला गरिदियो । त्यसपछि माधव नेपालले नेतृत्व गरेको समूहलाई या त एमालेमा नै एकाकार हुनुपर्ने बाध्यता रह्यो भने या त छुट्टै दलको रुपमा प्रस्तुत हुनुपर्यो ।
त्यसैबेला नेपाली कांग्रेसको नेतृत्वमा बहुमत सांसदको हस्ताक्षरमा सरकार बनाउने र त्यसपछि माओवादी र जनता समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतका दलहरुको समर्थन प्राप्त हुने भयो । सो अनुसार संयुक्त सरकार गठन भयो । जसलाई माधव नेपालले नेतृत्व गरेको समूहलाई पनि समावेश गरेर पाँच दलीय गठबन्धन कायम गरियो ।
शेर बहादुर देउवाको नेतृत्वमा सानो आकारको मन्त्री मण्डलको गठन भयो । सो गठबन्धनको समर्थन प्राप्त सरकारले माधव नेपालको समूहलाई दलको मान्यता दिलाउन दल विभाजन सम्बन्धी विधेयक ल्याएर पास गर्ने जमर्को गर्यो । जस अनुसार दलको केन्द्रीय समितिमा ४० प्रतिशत सांसद र २० प्रतिशत निर्वाचित सांसद रहने गरि विधेयक पास पनि भयो । यो अनुसार नेपाल नेतृत्वमा छुट्टै राजनितिक दल दर्ता हुने भयो । त्यसरी नेकपा (एकीकृत समाजवादी) नाम रह्यो ।
पाँच दलीय गठबन्धन किन ?
२००७ सालको जनक्रान्तिमा कांग्रेस र पुष्पलाल श्रेष्ठको नेतृत्व कम्युनिष्ट पार्टीको संयुक्त जन आन्दोलन पश्चात प्रजातन्त्र आयो । यसैगरि २०४६ सालमा जनआन्दोल पनि कांग्रेस, कम्युनिष्ट अर्थात वाममोर्चासँगको संयुक्त प्रयासबाट सफल भयो । यसैगरि २०६२-६३ को दोस्रो जनआन्दोलनमा पनि कांग्रेस, एमालेलगायत साना कम्युनिष्ट घटक र नेकपा माओवादीको संयुक्त १९ दिने जनआन्दोलनद्धारा सफल भयो । यसरी हेर्दा जबजब देशमा संकट आइपर्छ त्यतिबेला कांग्रेस र वामशक्तिको आवश्यकताको महशुस हुन्छ । हिन्दु धार्मिक ग्रन्थ गीतामा श्रीकृष्णले अर्जुनलाई यदा यदाही धर्मस्य ग्लानिर्भ भवती भारत, अभ्युत्थानम अर्धमस्य तदात्म श्रृजनाम्यहेम, परित्रायाम साधुनाम विनाश चायत दुष्कृताम धर्म स्थापनार्थयाम संभवानी युगे युगे ।
यसको अर्थ हुन्छ । हे अर्जुन जबजब धर्मको नष्ट हुदै जान्छ पापको उदय हुन्छ । तबतब धर्मको रक्षा र पापीहरुलाई नष्ट गर्न युगयुगमा जन्म लिनेछु । जबजब देशमा विषम परिस्थिती आउछ । संकट पनि आउछ । राष्ट्र र राष्ट्रियता अनि नेपालको संविधान धरापमा पर्ने अवस्था आउछ । त्यतिबेला वाम लोकतान्त्रिक गठबन्धन राष्ट्रिय सहमति सहकार्य संविधान एंव संसदीय व्यवस्थाको रक्षा गर्नको निम्ति वाम लोकतान्त्रिक गठबन्धन अपरिहार्य हुन आउछ ।
जब ओलीले दम्भ अंहकार गर्दै संसदलाई दुईपटक सम्म यसको घाटीँ निमुठिने काम गरे त्यो सरासर असवैधानिक थियो । व्यक्तिवादी चिन्तनले ग्रसित थियो । २०४६ सालदेखी हाल सम्म गरिएको प्रजातन्त्र लोकतन्त्र र गणतन्त्र सबैजसो संघर्षका कार्यक्रम अनि सक्रिय राजा सहितको संविधानलाई जनआन्दोलनको बलले फ्याँकेर ल्याइएको संसद र संसदीय व्यवस्थालाई स्थायीत्व गर्नुभन्दा मनोमानी ढङ्गले चलाउने खालको खेल हुन थालेपछि त्यस्ता हिटलर शैलीलाई परास्त गर्न पाँच दलीय गठबन्धनको अपरिहार्य आवश्यकता बढेको हो ।
यस गठबन्धन सधैं कायम पनि हुन सक्छ या नहुन नि सक्छ । समयको माग कस्तो रहन्छ त्यसले निर्भर रहन्छ । भारतको राजनितिक परिदृश्यलाई हेर्ने हो भने २५ वर्ष सम्म कांग्रेस आइले यस्तै गठबन्धनको सरकार संचालन गरेको इतिहास छ । त्यो बेलाको राजनितिक परिवेश अवस्थाले सिर्जना गर्ने परिस्थिती हो ।
(लेखक विश्वकर्मा नेकपा (एकीकृत समाजवादी) मकवानपुरका जिल्ला सदस्य हुन् )