हेटौँडा / हेटौँडा भेट्रान्स क्लबको आयोजनामा हेटौडा ५ क्याम्पाचौर रंगशालामा मंगलबार देखी सुरु भएको नवौं राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साईड रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तरगत बुधबार एबिसी भेट्रान्स पोखरा,हेटौडा भेट्रान्स,काठमाण्डौ किर्कस,किङ्गकोङ्ग कल्ब काठमाण्डौ र बानेस्वर भेट्रान्स बिजयी भएकाछन् । बुधबारको पहिलो खेलमा एबिसी भेट्रान्स पोखरा बिजयी भएको छ । नागस्वती भेट्रान्स र एबिसी भेट्रान्स बिच भएको खेलमा निर्धारीत समयमा दुबै समुहबाट गोल हुन नसकेपछि खेल ट्राईब्रेकरमा पुगेको थियो । ट्राईब्रेकरमा एबिसिले ३-१ को अन्तरमा पराजीत गरेको हो । खेलमा एबिसिका तर्फबाट संजय गुरुग,बिस्वलाल श्रेष्ठ,नर कुमार राईले गोल गरेका थिएभने नागस्वतीका तर्फबाट संतोष बस्नेतले एक गोल र प्रकाश रानाको बल एबिसीका गोल रक्षकले रोकेका थिए । खेलमा एबिसिका गोल रक्षक शुरेस शर्मा तिमल्सीना म्यान अफ द म्याच घोषित भएका थिए ।
यस्तै आजै भएको दोश्रो खेलमा किङ्गकोङ्ग कल्ब बिजयी भएको छ । खेलमा बिरगंज युथ भेट्रान्सलाई ५-0 गोल अन्तरमा किङ्गकोङ्ग कल्ब बिजयी भएको हो । खेलमा किङ्गकोङ्गका तर्फबाट खेलको ११ मिनेटमा बिपिन शाहले एक गोल गरेका थिए भने खेलको २१,२२ र २७ मिनेटमा जगतमान लामाले गोल गरेका थिए । यस्तै खेलको ४७ औ मिनेटमा शसि थापाले गोल गरेका थिए । खेलमा जगतमान लामा म्यान अफ द म्याच घोषित भएका थिए ।
यस्तै तेश्रो खेलमा काठमाण्डौ क्रिर्कसले बिरगंज सिटी भेट्रान्सलाई २-१ गोल अन्तरमा पराजित गरेको थियो । खेलमा काठमाण्डौका तर्फबाट २६ औ मिनेटमा नबिन पाण्डे र ३८ औ मिनेटमा सरोज थापाले गोल गरेका थिए भने बिरगंजका तर्फबाट खेलको ३४ औ मिनेटमा शेखर चौधरीले गोल गरेका थिए । खेलमा काण्माण्डौका नबिन पाण्डे म्यान अफ द म्याच घोषित भएका थिए । यस्तै आजको चौथो खेलमा हेटौडा भेट्रान्स ए बिजयी भएको छ ।
हेटौडाले हरिवन भेट्रान्स सर्लाहीलाई एकको बिरुद्ध ६ गोल गर्दै बिजयी भएको हो । खेलमा हेटौडाको तर्फबाट १०,१६,२७ मिनेटमा राकेश श्रेष्ठले तिन गोल गरेका थिए भने २१ औ मिनेटमा नितिन गुरुग,३४ औ मिनेटमा हरेराम राई र ४७ औ मिनेटमा नवराज बज्रचार्यले गोल गरेका थिए । हरिवनका तर्फबाट एकमात्र गोल खेलको ४३ औ मिनेटमा दिप बुढा चौधरीले गरेका थिए । खेलमा हेटौडा भेट्रान्सका राकेश श्रेष्ठ म्यान अफ द म्याच भएका थिए ।
यस्तै आजै भएको पाँचौ तथा अन्तिम खेलमा बानेस्वर फ्रेण्डसिप बिजयी भएको छ । बानेस्वर र चित्तवन भेट्रान्स बिच भएको खेलको निर्धारीत समयमा एकएक गोल भएपछि खेल ट्राईब्रेकरमा पुगेको थियो । खेलमा बानेश्वरले ३ गोल गरेको थियो भने चित्तवनले एक गोल गरेको हो । बानेश्वरको तर्फबाट राजुमान नेपाली,राजनलाल नेपाली र महेन्द्र बिष्ट खवासले गोल गरेका थिए भने चित्तवनको तर्फबाट रबिन्द्र श्रेष्ठले गोल गरेका थिए ।
खेलको म्यान अफ द म्याच बानेस्वरका गोलरक्षक प्रदिप तण्डुलकार घोषित भएका थिए । ४५ वर्ष उमेर समुह माथिका प्रतियोगिताको विजेताले एक लाख एघार हजार एकसय ११ रुपैयाँ,उपविजेताले पचपन्न हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्ने कार्यबहाक अध्यक्ष नवराज बज्राचार्यले बताउनुभयो । खेलको क्वाटर फाईनल खेल बिहिबार देखी हुने छ भने प्रतियोगीता आगामी २६ गते फाईनल हुनेछ ।