हेटौंडा \ मकवानपुरगढी गाउँँपालिका वडा ५ देउराली स्थित उज्जवल आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । व्यापार क्षेत्रमा कार्यरत कर्मचारीको साझा संस्था नेपाल व्यापार कर्मचारी संघ(युनिकम) नेपाल मकवानपुर शाखाले न्यानो कपडा वितरण गरेको हो ।
संघका अध्यक्ष भीमबहादुर थापा(सचिन)को अध्यक्षतामा उक्त कपडा वितरण गरिएको थियो । विद्यालयमा अध्ययनरत ३१ जना बालबालिकालाई कपडा प्रदान गरिएको अध्यक्ष थापाले बताए । जाडा मौसममा विद्यार्थीहरुलाई पठनपाठन सहजताका साथै न्यानोपनको आभाष गराउन कपडा वितरण गरिएको उनले बताए । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष सुशील पौडेलले संघको विषयमा प्रष्टपार्दै युनिकमको सामाजिक उत्तरदायित्व स्वरुप सहयोग गरिएको बताए । कपडा सँगै विद्यालयलाई भित्तेघडी समेत सहयोग गरिएको थियो ।
व्यापार क्षेत्रमा कार्यरत कर्मचारीहरुको हकहित एंव अधिकार संरक्षण कार्यमा सक्रीय संस्था युनिकम रहेको संघका अर्गनाइजर रमेश तिमल्सिनाले बताए । उनले बालबालिकामा लागानी सुनिश्चित भविष्यको थालनी भन्ने उद्देश्यका साथ सरस्वती पुजाको अवसरमा न्यानो कपडा प्रदान गरिएको तिमल्सिनाले बताए ।
कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक ईन्द्रबहादुर बस्नेतले सहयोग प्रति युनिकम नेपाल मकवानपुरलाई धन्यवाद दिँदै आगामी दिनहरुमा पनि सहकार्य र समन्वय गरि अघि बढिने बताए । यहाँ उच्च स्थान भएकाले ज्यादै चिसो हुने गर्दछ, न्यानो कपडाले विद्यार्थीलाई अब थप सहजता हुनेछ, प्रअ बस्नेतले भने ।
कार्यक्रममा विद्यालय समितिका अध्यक्ष भीमबहादुर दोङ, संघका अर्गनाइजर रमेश तिमल्सिना, सदस्य रियाज क्षेत्री, किरण महत्तो, अनिल खड्का लगायतको आतिथ्यता रहेको थियो ।