नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ लिएका छन् । शुक्रबार (चैत १३) राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् । मन्त्रीहरूको शपथअघि आजै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पनि शपथ लिएका थिए ।
प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालयको जिम्मेवारी आफैँ लिएका छन् । अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ बनेका छन् ।
परराष्ट्रमा शिशिर खनाल, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय सुनिल लम्साल, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय विराजभक्त श्रेष्ठ, पर्यटन मन्त्रालयको जिम्मेवारी खड्कराज पौडेल गनेशलाई दिइएको छ ।
त्यस्तै, कानुनमन्त्री सोविता गौतम, शिक्षा विज्ञान, तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रीमा सस्मित पोखरेल, स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहता, सञ्चारमन्त्री विक्रम तिमिल्सिना, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, श्रममन्त्री दीपक साह र महिला, बालबालिकामन्त्री सीता वादी बनेकी छन् । बालेन क्याबिनेट उपप्रधानमन्त्रीविहीन बनेको छ ।