सिधाखबर \ हेटौंडामा रहेको बसामाडी जेसीजको जेसीज सप्ताह कार्यक्रम शनिबार समापन भएको छ । आइतबार देखी सुरु भएको सप्ताहव्यापी कार्यक्रम शनिबार एक कार्यक्रमको आयोजना गर्दै समापन गरिएको हो । बसामाडी जेसीजका अध्यक्ष चिराग अग्रवालको अध्यक्षतामा तथा संविधान सभा सदस्य अनन्त पौडेलको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको थियो ।
समापन कार्यक्रममा अन्तर फुटसल प्रतियोगिताका विजेता र उपविजेतालाई पुरस्कार तथा सात दिनका कार्यक्रम संयोजकहरुलाई मायाको चिना प्रदान गर्दै जेसीज सप्ताह कार्यक्रम समापन भएको हो ।
समापन कार्यक्रममा नेपाल जेसीजका महासचिव कृष्ण सापकोटा, राष्ट्रिय भूमि आयोग मकवानपुरका अध्यक्ष विष्णु प्रसाद दाहाल, जेसीसका सल्लाहकार ज्योतिरत्न बज्रचार्य, अनिल अग्रवाल, सुनील दाहाल, २०१९ का अध्यक्ष सरोज अधिकारी, २०२१ क अध्यक्ष गौतम केसी, वडा नम्बर १ का अध्यक्ष सविन न्यौपाने, ३ का ढलक बहादुर थापा, ३ का नवीन सिग्देल, हेटौंडा जेसीजका अध्यक्ष पवन कंसाकार, बस्तिपुरका अध्यक्ष तेजप्रसाद उप्रेती, पालुङ जेसीजका अध्यक्ष जयराम केसी, हेटौंडा लेडी जेसीजका महासचिव दिलु घर्ती, नेपाल भारत मैत्री विश्व संघका केन्द्रीय कोषाध्यक्ष प्रविण मैनाली, लगायत विभिन्न मकवानपुरका जेसीजका अध्यक्ष एंव बसामाडी जेसीजका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा मुल कार्यक्रम संयोजक सुरज डंगोलले जेसीज सप्ताहका गरेका कार्यक्रमहरुबारे जानकारी दिएका थिए ।