हेटौंडा \ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरमा रहेको नवयुवा बचत तथा ऋण सहकारी संस्थाले मातातीर्थ औंसीको अवसरमा विहीबार जेष्ठ माताहरुलाई सम्मान गरिएको छ ।
संस्थाको कार्यालयमा एक कार्यक्रमका बीच शेयर सदस्यता हुनु भएका ७० वर्ष उमेर पुगेका ३३ जना ज्येष्ठ माताहरुलाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष फुलमान श्रेष्ठको अध्यक्षता तथा हेटौंडा वडा नं. ११ का वडा अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा माताहरुको सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष तथा हेटौंडाउपमहानगरका सहकारी शाखाका प्रमुख हिमप्रसाद पौडेल, संस्थाका संस्थापक अध्यक्ष गोकर्णप्रसाद पराजुलीको विशेष आतिथ्यता रहेको थियो ।
वार्षिक कार्यक्रम अन्तरगत मातातीर्थ औंसीको अवसरमा संस्थामा आवद्ध भएका जेष्ठ माताहरुलाई सम्मान गरिएको कार्यक्रमको संयोजक एंव संस्थाका कोषाध्यक्ष खेमराज सापकोटाले बताए ।
![May be an image of 7 people, flute and temple](https://scontent.fktm6-1.fna.fbcdn.net/v/t39.30808-6/342531387_749925319935996_4257419964113328235_n.jpg?_nc_cat=103&ccb=1-7&_nc_sid=8bfeb9&_nc_ohc=LQJNkgTjXgkAX8YlklS&_nc_ht=scontent.fktm6-1.fna&oh=00_AfAEj-M41ucJiH1clUsi8fxl-oJS4MvReQG0H81jwlHezA&oe=64461E4B)
कार्यक्रममा संस्थाका उपाध्यक्ष रामप्रसाद सापकोटा, सचिव गोविन्द पुडासैनी, सहसचिव अकल बहादुर रोक्का, सदस्यहरुमा शम्भुप्रसाद शिवाकोटी, भीमसेन चौलागाईं, मेनुका रिजाल, गणेशप्रसाद कालाखेती, महेशकुमार सुवेदीको उपस्थिति रहेको थियो । संस्थाले हरेक वर्षको वार्षिक कार्यक्रममा समावेश गरे अनुरुप ज्येष्ठ माताहरुलाई मातातीर्थ औँसीको अवसरमा र ज्येष्ठ पिताहरुलाई कुशे औँसीको अवसरमा सम्मान गर्ने गरिएको संस्थाका अध्यक्ष फुलमान श्रेष्ठले बताए ।
![May be an image of 10 people, people smiling and hospital](https://scontent.fktm6-1.fna.fbcdn.net/v/t39.30808-6/342509334_1371337530373090_8575595243660483906_n.jpg?_nc_cat=109&ccb=1-7&_nc_sid=8bfeb9&_nc_ohc=bez6tEksQdQAX9kZ2da&_nc_ht=scontent.fktm6-1.fna&oh=00_AfB9bhzvytvQM01c5oZdi2mjhQMNrxOKS4xBApNljG8LvQ&oe=644635C3)
सहकारीको चैत्र मसान्त सम्ममा शेयरपुँजी २ करोड ८९ लाख ८१ हजार पाँच सय रहेको छ भने जगेडा कोषमा १ करोड १२ लाख ८९ हजार ७०८ रहेको संस्थाका व्यवस्थापक नन्दलाल श्रेष्ठ(राजेश)ले बताए । सहकारीमा १९ करोड ९२ लाख १२ हजार २४३ बचत निक्षेप रहेको छ भने शेयर सदस्यलाई ऋण लगानी २१ करोड ७ हजार ९०२ रुपैयाँ रहेको व्यवस्थापक श्रेष्ठले बताए । सहकारीमा २ हजार १४ जना शेयर सदस्य आवद्ध रहेका छन् ।