लन्डन / Trump लाई बधाई दिंदा मेरो आँखा अगाडी Trump को विगत,वर्तमान निती र विश्वमा पार्ने थप प्रभाव-Trump संयमित हुन जरूरी छ। ट्रम्पको USA First नितीले अमेरिकी रुचि र स्वार्थलाई केन्द्रमा राख्नेछ।यसले विश्वव्यापी सुरक्षा,व्यापार र कूटनीतिमा ठूलो असर पार्न सक्छ।रसिया-युक्रेन युद्ध २४ घन्टामा समाप्त गर्ने प्रतिज्ञाको कार्यान्वयन ट्रम्पले चुनावी भाषण गरे जस्तो सजिलो छैन। अघिल्लो कार्यकालमा उत्तर कोरियासँग वार्ता होस् वा चीनसँग व्यापार युद्ध हुँदै सम्झौता,अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्ती होस् वा इरान सम्झौता खारेज,ट्रम्पका निर्णयहरू परम्परागत अमेरिकी नीति र अभ्यासको विरोधी निर्णय थियो।ट्रम्पले अघिल्लो कार्यकालकै नीति अघि बढाउँछन् कि त्यतिबेलाको अनुभवबाट सिकेर अगाडि बढ्छन्?हेर्नुपर्छ।
ट्रम्पको विजयले लोकतन्त्रको भविष्यलाई अझै चुनौती दिने र त्यसको बाछिटा नेपालसम्म पनि आई पुग्न सक्छ ।अमेरिका-चीन र अमेरिका-भारत सम्बन्धको प्रभाव नेपालले व्यहोर्नुपर्ने र यस्तो अवस्थामा अमेरिकाले नेपाल नीति नबदले पनि भारत वा चीनसँगको नीतिले नेपाल लाई प्रभाव पार्न सक्छ,जसले USA मा स्थायी बसोबासको अनुमति पाएका छैनन्,Trump को आप्रवासन नीतिमा कडाइले त्यहाँ रहेका नेपाली एवं विश्वभरबाट अमेरिका आएका आप्रवासीहरू प्रभावित हुन सक्छन्। ट्रम्पका उपराष्ट्रपति जेडी भान्सले युक्रेनको अहिलेको सरकार र नेतृत्व संसारकै सबैभन्दा भ्रष्ट भनेर अभिव्यक्ति दिने गरेका छन ।
यस्तो अवस्थामा ट्रम्पको Ukrane-Russia युद्ध निती कस्तो हुन्छ?त्यस नितीले विश्व राजनितीमा प्रभाव पार्नेछ। ट्रम्प इरानका कट्टर विरोधी हुन् । इजरायल-लेवनान-इरान- हिजिबुल्लाह-हमास-सिरिया युद्धमा Trump को पूर्व नितीमा फेरबदल नभए इजरायल-इरान युद्ध बढ्नेछ।यो ध्रुविकरणले विश्वयुद्ध पनि निम्त्याउन सक्छ।किनकी Trump अर्को नेतान्याहु हुन् वा Trump र नेतान्याहु दाजुभाई जस्तै हुन्। चुनाब Campain को बेला Trump ले चीनको उत्पादनमा ६० प्रतिशत र अन्य देशको उत्पादनमा १० प्रतिशत कर लगाउने घोषणाले चिन र अमेरिका विच व्यापार युद्ध बढ्न सक्छ।यसको असर विश्व राजनितीमा परि नेपाललाई प्रभाब पार्न सक्छ।Trump को अभ्यास कुनै निश्चित दिशामा जाने,आफ्ना मित्र राष्ट्रसँग थप मजबुत सम्बन्ध बनाउने भन्दा पनि त्यसलाई भत्काउने र नयाँ बनाउनेमा धेरै ध्यान दिने देखिन्छ र त्यसले लामो रूपान्तरणमा जाने र अस्थिरता सिर्जना गर्ने देखिन्छ ।यसको असर विश्व राजनितीमा परि नेपाल लाई प्रभाब पार्न सक्छ। पेरिस सम्झौता,इरान सम्झौता,ट्रान्स-प्यासिफिक पार्टनरसीप,विश्व स्वास्थ्य संगठन लगायत संयुक्त राष्ट्र संघीय संस्थाहरूमा लगानी खुम्च्याउने पहिलो कार्यकालको निती दोहरिए यसको असर विश्वभर पर्ने देखिन्छ।Trump को विगतको यो नितीले अमेरिकाको शान केहि हद खस्केको थियो तर दोश्रो कार्यकालमा यो निती परिवर्तन गर्नु पर्ने देखिन्छ l Trump को अघिल्लो कार्यकालमा अरु देशहरूमा निर्मित आयातित वस्तुहरूमा भन्सार शुल्क बढाउने नीतिले व्यापार युद्ध,मूल्य वृद्धि,वित्तीय बजारमा अस्थिरता, अन्तर्राष्ट्रिय सम्बन्धमा तनाव जस्ता असर देखा परि विश्वका ठूला ठूला उद्योगहरू प्रभावित भए।यो मार भारतले पनि खेप्नु पऱ्यो। भारत-अमेरिकाको संबन्ध जो वाईडेनको कार्यकालमा थप विग्रियो।अहिले भारत-चिन - Russia Alliance मा अलि बढि झुकाब राखी अमेरिका लाई दवाब दिईरहेछ।
मोदी - Trump निती अव कस्तो हुन्छ ?यसले पनि विश्व राजनिती लाई असर पर्ने देखि रहेछु। आशा राखौं मोदी -बाईडेन विच बिग्रियको संबन्ध मोदी -Trump नितीले सुधार ल्याउने छ।Trump ले चुनाबी Campaign मा विश्व बजार बाट आयात हुने बस्तुको भन्सार कर बढाउँछु भनिरहेछन्।यो नितीलाई निरन्तरता दिन्छु भनिरहेछन् ।यसको नकारात्मक प्रभाव अन्तराष्ट्रिय बजारमा पर्ने देखिन्छ। Trump अघिल्लो कार्यकालयमा NATO कटु आलोचक थिए।NATO संग अमेरिकाको संबन्ध Trump को अघिल्लो कार्यकालमा विग्रियको थियो।Trump ले NATO लाई अमेरिकाले दिने सहयोग नै रोकि दिए।सैन्य गठबन्धनका अन्य देशले खर्च नगरिरहेको अवस्थामा अमेरिकाले मात्र खर्च गरि Europe राष्ट्रको सुरक्षा गरि दिन अमेरिकी जनताको Tax बाट जम्मा हुने रकमको ठूलो खर्च NATO मार्फत अमेरिकाले गरि रहन सक्दैन भन्दथे।NATO लाई हरेक बर्ष दिने खर्च नै रोकि दिए। NATO नै विघटन गर्नु पर्दछ भन्ने Trump को नितीमा परिवर्तन आएन भने अमेरिका- Europe वा Europe Union संबन्ध अरु विग्रन सक्छ।त्यो अवस्थामा Russia ले युक्रेन माथी अझै धावा बोल्न सक्छ। Russia -Ukrane युद्ध लम्वियो भने यसको असर विश्वभर थप पर्नेछ। Trump ले यो Russia -Ukrane युद्ध अन्त्य गर्न के भुमीका निर्वाह गर्दछन् हेर्न बाँकी नै छ । वाईडेन - उत्तर कोरिया संबन्ध थप विग्रियको अवस्था छ।Trump उत्तर कोरियाको राष्ट्रपती लाई नाती भन्छन् ।
उत्तर कोरियाले Russia मा Ukrane संग युद्ध लड्न सेना पठाएको छ। यसमा Trump -उत्तर कोरिया निती के हुन्छ? त्यो हेर्न बाँकी नै छ।Trump ले अघिल्लो कार्यकालमा संयुक्त राष्ट्र संघीय संस्थाहरूमा अमेरिकी सहयोग खुम्चाई दिए।यसको असर विश्व पर्यावरण,Climate Change Control मा पऱ्यो।अब के गर्दछन् ? हेर्न बाँकी छ।ट्रम्प पुराना अन्तर्राष्ट्रिय सम्झौताबाट निस्कन र नयाँ गर्ने बाटोमा हिंड्न सक्छन्।पेरिस सम्झौता,इरान सम्झौता, ट्रान्स-प्यासिफिक पार्टनरसीप,विश्व स्वास्थ्य संगठन लगायत संयुक्त राष्ट्र संघीय संस्थाहरूमा लगानी खुम्च्याउने जस्ता निर्णयका कारण विश्व राजनीति मै असर परेको थियो।अब यो निती के गर्दछन् ?त्यसले पनि प्रभाब पार्नेछ। Trump को अघिल्लो कार्यकालमा संयुक्त राष्ट्रसंघ,विश्व व्यापार संगठन जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूले अमेरिकाको हित विपरीत काम गरेको ट्रम्पको बुझाइ थियो।Trump को यो बुझाईको कारण विश्वभर राजनीतिक अस्थिरता,जलवायु परिवर्तन र विश्व स्वास्थ्यमा असर जस्ता मूल्य विश्वले चुक्ता गर्नुपरेको थियो।अब यो निती के गर्दछन् ?त्यसले पनि प्रभाब पार्नेछ। पहिलो राष्ट्रपतीय कार्यकालमा आफ्नै गठबन्धनका देशहरूलाई ट्रम्प गाली गरिहिंड्थे तर अब Trump को बानी सुध्रन्छ वा सुध्रन्न?त्यो बानीले विश्व राजनिती लाई प्रभाब पार्नेछ ।
अमेरिकाको सर्वोच्च अदालतमा Trump को धेरै अपराधका मुद्दा छन् तर Trump र उनका समर्थक भविष्यमा हुने सर्वोच्च अदालतको निर्णय Trump बिरुद्ध आए Trump र उनका समर्थक स्विकार गर्न तयार छैनन् र धावा बोलि रहेछन्।यदि भविष्यमा Trump र उनका समर्थकले विगतको चुनाब हार परिणाम स्विकार नगरि धावा बोले जस्तै भविष्यमा सर्वोच्च अदालतको निर्णय विरुद्ध धावा बोले भने अमेरिकी सडकमा आगो बल्नेछ।अमेरिका आफै गृह युद्धमा फस्नेछ।प्रजातन्त्रको धज्जी उड्नेछ।यसको प्रभाव संसार भर पर्नेछ। जे होस मैले मन नपराय पनि Trump जिते।Trump धेरै संयमित हुन जरूरी छ।विश्व राजनितीमा SMART नेतृत्व दिन सफल होऊन भन्दै शुभकामना व्यक्त गर्दछु।बधाई एवं हार्दिक शुभ कामना Trump जी लाई।