हेटौंडा \ नेपाल व्यापार कर्मचारी संघ(युनिकम नेपाल) मकवानपुरको १२ औँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेसनबाट भीमबहादुर थापाको अध्यक्षतामा नयाँ समिति गठन गरिएको छ ।
शनिबार भएको सभाले उपाध्यक्षमा सुशील पौडेल, महिला उपाध्यक्षमा रजिना लामा, महासचिवमा सन्तोष चौलागाई, सचिवमा सपना बराल, कोषाध्यक्षमा माधव सुवेदी चयन भएका छन् । त्यस्तै, समितिको सदस्यहरुमा भने सन्तोष पौडेल, राजेन्द्र कुईकेल, अम्बिका चालिसे, दीया क्षेत्री, संचिता रिजाल, तेजनाथ कोइराला (विपिन), अनिल खड्का, सपना राई, सम्झना नेपाल, किरण महत्तो, कमल तिमल्सिना चयन भएका छन् ।
संघका अध्यक्ष लेखनाथ गैह्रेको सभाध्यक्षता तथा युनिकम नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रविन भुषालको प्रमुख आतिथ्यता रहेको थियो । सभामा नेपाल वितरक महासंघका केन्द्रीय सल्लाहकार विजय कुमार श्रेष्ठ, युनिकम नेपालका सल्लाहकार दामोदर पाठक, मउवा संघका सदस्य भुपेन्द्र अधिकारी, युनिकम नेपालका अर्गनाइजर रमेश तिमल्सिना लगायतको आतिथ्यता रहेको थियो ।
व्यापारिक क्षेत्रका काम गर्ने कर्मचारीहरुको साझा संस्थाको रुपमा रहेको युनिकम नेपालले शनिबार बनभोज कार्यक्रम सहित सभा र अधिवेसन गरिएको अध्यक्ष गैह्रेले बताए ।