मुख्य खबर

देशभर १ हजार ९५ जना संक्रमित थपिए

सोमबार देशभर १ हजार ९५ जना संक्रमित थपिएका छन् । १३ हजार ८१७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ९७५ तथा एन्टिजेन विधिबाट १२० जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म देशमा पीसीआर विधिबाट ७ लाख ८५ हजार ५४१ जना र एन्टिजेन विधिबाट ८९ हजार ८८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ । हाल देशभर […]

गाई काट्ने अभियोगमा २ महिला सहित १० जना पक्राउ

सिधाखबर   \  मकवानपुरको पूर्वी बकैया गाउँपालिकामा गाई काटेको अभियोगमा १० जनालाई पक्राउ गरिएको छ । आईतबार बकैया गाउँपालिकाको वडा नंबर ११ स्वबिमा गाई काटेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर समेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई ५० केजी गाईको मासु सहित फेला पारी १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एंव प्रहरी […]

सामूहिक हत्याकाण्डका मुख्य योजनाकार पक्राउ

सङ्खुवासभा \  सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोलागाउँमा भएको सामूहिक हत्याकाण्डका मुख्य योजनाकारसहित चार जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ।  जिल्ला प्रहरी कार्यालय खाँदबारीमा पत्रकार सम्मेलन गरी हत्याकाण्डमा प्रत्यक्ष संलग्न रहेकाे आरोपमा मुख्य योजनाकार ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की,  ४९ वर्षीय रणबहादुर कार्की र उनका छोरा १७ वर्षीय  नरेश कार्कीलाई प्रहरीले सार्वजनिक गरेको […]

नाराबाजीका बीच प्रतिनिधिसभाबाट बजेट पारित

काठमाडौं \  प्रमुख विपक्षी नेकपा एमालेका सांसदको नाराबाजीबीच प्रतिनिधिसभामा बजेट पारित भएको छ । सोमबारको बैठक शुरु भएपछि एमाले सांसदहरुले नाराबाजी गर्दै अवरोध गर्न खोजेका थिए । तर बजेटमाथि केही समय छलफल गरेर पारित भएको हो । बैठक २०७८ असोज ७ गते बिहीबार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । अब मंगलबार बस्ने राष्ट्रियसभाको […]

सातौं संविधान दिवसः ‘हस्ताक्षर गर्नेले नै गरे संविधान उल्लंघन’

हेटौंडा \ मुख्य दलहरुको सहमतिमा संविधानसभाबाट संविधान जारी भएको सातौं वर्ष लागिरहँदा संविधानमा हस्ताक्षर गर्ने दलहरुले नै संविधान उल्लंघन गरेको आरोप छ । संविधानले निर्दिष्ट गरेको बाटोमा नहिँडेर नेताहरुकै फरकफरक मत देखिन थालेका भन्दै चिन्ता व्यक्त गरिएको छ । यही संविधानमा आधारित भएर तीन तहका निर्वाचन सम्पन्न भए । सबै दलका जननिर्वाचित प्रतिनिधिले शासनसत्ताको अभ्यास […]

सामाजिक विकास मन्त्री सुवेदीले जारी गरे आचारसंहिता

हेटौंडा \ बागमती प्रदेशको सामाजिक विकास मन्त्री विजय सुवेदीले आफ्नो आचारसंहिता २०७८ लागू गर्नुभएको छ । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सामाजिक विकास मन्त्रीको आचारसंहिता लागू गर्नुभएको हो । उहाँले आचारसंहितामा आफ्नो हस्ताक्षर गर्दै आचारसंहिता लागू भएको सार्वजनिक गर्नुभएको हो । यसअघि बागमती प्रदेशले प्रदेश सरकारका मन्त्री तथा राजनीतिक पदाधिकारीहरुको आचारसंहिता २०७८ जारी गरेको थियो […]

एमालेले अवरोध गरे पनि आज विनियोजन विधेयक पारित गर्ने तयारी

काठमाण्डाै \ नेकपा एमालेले अवरोध गरे पनि सरकारले आज बस्ने प्रतिनिधि सभा बैठकबाट विनियोजन विधेयक पारित गर्ने तयारी गरेको छ । गएको शुक्रवारदेखि सरकारी ढुकुटीबाट रकम खर्चिन नपाएको सरकारले संसदबाट विनियोजन विधेयक पारित गर्ने तयारी गरेको हो । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् […]

जनचेतना सहकारीद्वारा सदस्यलाई साढे २२ करोड ऋण प्रवाह

सिधाखबर \ हेटौंडा उपमहानगर वडा नम्बर १५ मा रहेको जनचेतना बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई २२ करोढ ५३ लाख ८५ हजार ६४८ रुपैयाँ ऋण लगानी गरेको छ । कृषि, पशुपालन, भवन तथा आवास निर्माण, व्यापारिक, वैदेशिक रोजगार, शैक्षिक, हायर पर्चेज, आपतकालीन, सामाजिक,घरेलु तथा साना उद्योग शीर्षकमा कर्जा लगानी गर्न गरिएको संस्थाका व्यवस्थापक सावित्री […]

बजारमा हराएको ६ लाख ५० हजार फिर्ता पाए फेन्सी संचालक गौतमले

सिधाखबर  \ हेटौडा बजारमा हराएको ६ लाख ५० हजार नगद रुपैयाँ भेटिएको छ । गत बुधबार ईन्भेष्टमेन्ट बैंक हेटौडा शाखाबाट चेक सटही गरी सिमाचोक तर्फ आउने क्रममा ईभर ग्रिन फेन्सी संचालक सन्जन गौतमको ६ लाख ५० हजार नगद हराएको थियो । बैंकबाट रकम निकाली मोटरसाईलकले लेगार्डमा झुन्डाई सिमाचोक तर्फ हिडेका गौतमले सिमाचोक आईपुग्दा पैसा हराएको […]

हेटौंडामा ७ जुवाडे पक्राउ

सिधाखबर  \ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले सात जना जुवाडेलाई पक्राउ गरेको छ । हेटौडा १ चाईना क्वाटर बस्ने राकेश के।सीको घरमा पैसाको हारजित हुनेगरी तास खेलिरहेको भेटिए पछि ४ बुक तास, २६ हजार ९८५ रुपैयाँ नेपाली र १हजार ५ सय भारतिय रुपैयाँ सहित सात जनालाई पक्राउ गरिएको प्रवक्ता एंव प्रहरी निरिक्षक देवेन्द्र […]

संविधान जारी भएको ६ वर्ष पूरा, विभिन्न कार्यक्रम गरी दिवस मनाईदैं

काठमाडौं \ आज संविधान दिवस । संविधानसभाबाट नेपालमा नयाँ संविधान जारी भएको ६ वर्ष पुगेको छ । २०७२ साल असोज ३ गते तत्कालिन प्रधानमन्त्री सुशिल कोईरालाको पालाका नेपालले नयाँ संविधान पाएको हो । दक्षिणको छिमेकी भारतको प्रत्यक्ष असहमति र नेपालकै मधेश केन्द्रित दलहरुको विरोधका बिच मुख्य तिन दल कांग्रेस एमाले र माओवादीको नेतृत्वमा मुलुकमा जनताबाट […]

जनताको बलिदानबाट प्राप्त संविधानमा सबै नागरिकको समान पहुँच हुनुपर्छ : राष्ट्रपति

काठमाडौं \  राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बलिदानबाट प्राप्त संविधानमा सबै नागरिकको समान पहुँच हुनुपर्ने बताउनुभएको छ । संविधान दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारील राज्यबाट प्राप्त सेवा तथा सुविधा स्थापित गरी आमनागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्नेमा बताउनु भएको हो । लामो समयको सङ्क्रमणकाल र द्वन्द्वलाई समाप्त पार्न सफल राजनीतिक दलहरूलाई संविधानप्रदत्त नागरिक अधिकारको उपयोग […]

राष्ट्रपति भण्डारीद्वारा ५ सय २३ कैदीको माफी मिनाह

काठमाडौं \  राष्ट्रपति विद्यादेवी भण्डारीले ५ सय २३ कैदीहरूको बाँकी सजाय माफी मिनाह गर्नुभएको छ । मन्त्रिपरिषद्को भदौ २९ गतेको सिफारिस बमोजिम संविधान दिवसको अवसरमा विभिन्न कारागारमा कैद सजाय भुक्तानी गरिरहेकाहरूको बाँकी कैद सजाय माफी मिनाह गरिएको हो । आइतबारदेखि लागू हुने गरी ८ जनाको सजाय माफी र ५ सय २३ जनाको कैद भुक्तानी माफी […]

थप १,०६६ जनामा कोरोना,१६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा ८३५ जना र २,८१८ एन्टिजेन परीक्षणमा २३१ जना गरी १०६६ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १,२३४ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ । […]

सभापतिको उम्मेदवारबाट पछि हट्दिन : नेता सिंह

काठमाडौं \  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनक भित्र रहेका केही दल भित्रको आन्तरिक व्यवस्थापनको अलमलका मन्त्रीपरिषद विस्तारमा ढिलाई भएको बताउनु भएको छ । आज गणेशमान सिहंको २५ औं स्मृतिम दिवसको अवसरमा आयाेजना गरिएकाे कार्यक्रममा बोल्दै नेता सिहले साे कुरा बताउनु भएको हो । कार्यक्रमा नेता सिंहले गठबन्धनमा भएका दलहरुबीच कुरा नमिल्दा मन्त्रीपरिषद् विस्तार हुनमा […]

तीन दिनसम्म सातौँ संविधान दिवस मनाइँदै

आजदेखि तीन दिनसम्म सातौँ संविधान दिवस मनाइँदै छ । नेपालमा संविधान जारी भएको छ वर्ष पुगेर सात वर्ष लागेको अवसरमा सरकारले संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाउन आग्रह गरेसँगै आजदेखि पर्सिसम्म तीन दिन संविधान दिवस मनाउन लागिएको हो । २०७२ साल असोज ३ गते संविधान सभाबाट सङ्घीयतासहितको ‘नेपालको संविधान’ जारी भएको थियो । […]

संविधान दिवसमा लोसपाले विरोध गर्ने, जसपा मौन बस्ने

संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएका दुई दलमध्ये जनता समाजवादी पार्टी नेपालले असोज ३ अर्थात् संविधान दिवसका दिन मौन रहने निधो गरेको छ भने लोकतान्त्रिक समाजवादी पार्टी नेपालले विरोधका कार्यक्रम गर्ने भएको छ । संविधान संशोधन नहुञ्जेलसम्म मधेसका माग पूरा नहुने भन्दै नवगठित लोसपा नेपालले संविधान दिवसलाई ‘कालो दिन’को रुपमा मनाउने भएको हो । तत्कालीन समाजवादी […]

मकवानपुरमा थप ३७ जनामा कोरोना

सिधाखबर  \ मकवानपुरमा शुक्रबार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३० जना कारोना मुक्त भएका छन्। स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार मकवानपुरमा पछिल्लो २४ घण्टामा १५८ जनाको कोरोना जाँच गर्दा ३७ जनामा संक्रमण पुष्टि भएको हो। १४१ जनाको पिसिआर विधि र १७ जनाको एन्टिजेनबाट कोरोना जाँच गरेकोमा ३७ जनामा मात्र संक्रमण पुष्टि […]

केन्द्रमा भागवण्डा नगर्दाः प्रदेशमा ‘पर्ख र हेर’

हेटौंडा \ असार २९ गते नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भयो । सरकार गठन भएको ३ महिना लागिसक्दा पनि हालसम्म सरकार पूर्णरुपमा गठन हुन सकेको छैन । बिभिन्न गठबन्धनका पार्टीका सांसद्हरुलाई भागबण्डा पु¥याउनका लागि देउवा सरकारले मन्त्रिमण्डललाई पूर्णता दिन सकेको छैन । त्यसको असर बागमती प्रदेशमा देखिएको छ । यहाँका […]

आज विश्वकर्मा पूजा एवम् वास्तु दिवस मनाइँदै

आज विश्वकर्मा दिवस मनाइँदै छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानकाे बालुवाको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगेर सेलाउने गरिन्छ । आज पूजा गरी भोलिदेखि नदीमा […]