• २०७८ जेठ ०२, आइतबार
  • मिसेज तामाङ मकवानपुरको आवेदन खुला

    १८ चैत्र २०७७, बुधबार १८:०३

    सिधाखबर \ हेटौंडामा मिसेज तामाङ मकवानपुर हुने भएको छ । प्रथम मिसेज तामाङ मकवानपुर कार्यक्रम बारे जानकारी दिदैं प्रतिस्पर्धाको लागि आवेदन खुला भएको पत्रकार सम्मेलन गर्दै आयोजकले जनाइएको छ । ओपेरा इन्फोटेन्मेण्ट क्रियशन प्रा.लिको आयोजनामा हुने प्रतियोगितामा तामाङ समुदायका विवाहित तथा एकल महिला जो २० वर्ष माथि ४५ वर्ष ननाघेको महिलाले सहभागिता जनाउन सकिने प्रा.लिका अध्यक्ष विक्रम लुङबाले बताए ।

    व्युटि प्रिजेन्ट मात्र नभई महिला सशक्तिकरण गराउने गरि, व्यक्तित्व विकास समेत गरि कार्यक्रमको आयोजना गरिने लुङबाले बताए । चैत्र २५ गते सम्म आवेदन दिई बैशाख महिनाको तेस्रो साता ग्राण्ड फिनायल गरिने बताए ।
    कार्यक्रममा तालिम प्रशिक्षण सहित ग्राण्ड फिनायल गरि पाँच लाख खर्च हुनेछ ।

    प्रतियोगीले सहभागिता जनाउन आवेदन शुल्क १५ हजार लाग्ने कार्यक्रम संयोजक सुशील थिङले बताए । प्रतियोगितामा बढिमा २० जनाले सहभागिता जनाउने छन् । विजेताले एक लाख नगर र अन्य पुरस्कार प्राप्त गर्नेछन् । अन्य विजयीले भने पुरस्कार घोषणा हुन बाकीँ रहेको थिङले बताए ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *