• २०७८ असार ०१, मंगलबार
  • हेटौडामा मास्क नलगाई हिडने ४९० जनाबाट ५० हजार राजस्व संकलन

    १७ बैशाख २०७८, शुक्रबार १९:०२

    मकवानपुरमा गत १३ गते देखी मास्क नलगाई हिडनेलाई जनही सय रुपैयाँको दरले जरिवाना गर्ने कार्य सुरु गरीएको थियो । यस अन्तरगत प्रहरीले गएको १३ गते देखी १७ गते आज सम्म ४ सय ९० जनालाई काबार्ही गरेको जनाएको छ ।

    जस अन्तरगत लगभग ५० हजार राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिनु भयो । उहाँका अनुसार ४ सय १५ जना पुरुष र ७५ जना महिला मास्क नलगाई हिडनेमा परेका छन् । प्रहरीले मास्क नलगाई हिडने जोकोहीलाई पनि जरिवाना काटने र मास्क लगाएर पठाउने कार्य हेटौडामा गरीरहेको छ ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *