• २०७८ जेठ ०२, आइतबार
  • प्रदेश राजधानी हेटौंडामा निषेधाज्ञा, हेटौंडा सहित चार स्थानीय तहमा पनि

    २० बैशाख २०७८, सोमबार ११:२८

    हेटौंडा \  कोरोना भाइरसको संक्रमण बढेसंगै मकवानपुरमा आइतबार विहान राति १२ बजेबाट निषेधाज्ञा लागू गरिएको छ । जिल्लामा नयाँ भेरियन्टको कोभिड १९ संक्रमण तीव्र रुपमा फैलिएपछि लागू गरिएको निषेधाज्ञा बैशाख ३१ गते राति १२ बजेसम्म रहने छ ।

    शनिबारको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा कोरोना नियन्त्रणका लागि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको थियो । मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र भीमफेदी गाउँपालिकाको सम्पूर्ण क्षेत्र तथा मनहरी गाउँपालिकाको पूर्वपश्चिम राजमार्गको दायाबायाँ ५ सय मिटर क्षेत्रमा निषेधाज्ञा लागू हुनेछ ।

    मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जिल्लामा कोरोना संक्रमणको दर तीव्र रुपमा बढेकोले नियन्त्रणका लागि निषेधाज्ञाको निर्णय गरिएको बताए । निषेधाज्ञाको पूर्ण पालनाको लागि आम जिल्लाबासीलाई प्रमुख जिल्ला अधिकारी पाण्डेले अनुरोध गरेका छन् । उनले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न अनुरोध गरेका छन् ।

     

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *