• २०७८ असार ०१, मंगलबार
  • कांग्रेसले कोभिडबारे प्रदेशस्तरीय अन्तरक्रिया गर्दै

    २ जेष्ठ २०७८, आईतवार ०९:२९

    काठमाडौं \ नेपाली कांग्रेसले ‘कोभिड—१९ को अवस्था र कांग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया गर्ने भएको छ । आइतबारदेखि सातै प्रदेशमा जुम प्रविधिमार्फत अन्तरक्रिया गर्न लागिएको हो ।

    पार्टीको कोभिड—१९ अनुगमन समितिको आयोजनामा सातै प्रदेशका पार्टीका सम्बन्धित नेता कार्यकर्ताको संलग्नतामा कार्यक्रम गर्न लागिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    जेठ २ गते बिहान १० बजेदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशसँग अन्तरक्रिया कार्यक्रम राखिएको छ । सोही दिन अपराह्न ४ बजेदेखि लुम्बिनी प्रदेशसँग अन्तरक्रियाको कार्यक्रम राखिएको कांग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरीले जानकारी दिए ।

    यसैगरी जेठ ३ गते बिहान १० बजेदेखि गण्डकी प्रदेश र अपराह्न ४ बजेदेखि वाग्मती प्रदेशका जिल्लाको सहभागिता रहने कांग्रेसले जनाएको छ । त्यस्तै जेठ ४ गते बिहान १० बजेदेखि प्रदेश नं. २ र अपराह्न ४ बजेदेखि प्रदेश नं. १ का जिल्लाका नेताहरुसँग कांग्रेसले अन्तर्क्रिया गर्ने छ । सबै प्रदेशको संयोजन गर्ने जिम्मा सहमहामन्त्री एवम् कांग्रेसको कोभिड—१९ अनुगमन समिति संयोजक डा. प्रकाशशरण महतलाई दिइएको छ ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *