• २०७८ असार ०१, मंगलबार
  • यी हुन् निषेधाज्ञा नभएका चार जिल्ला

    २ जेष्ठ २०७८, आईतवार १०:०२

    काठमाण्डाै \ देशका अरु जिल्लाको तुलनामा पूर्वी रुकुम, मनाङ, खोटाङ र तेह्रथुममा कोरोना संक्रमण कम देखिएको छ । यी जिल्लामा अहिलेसम्म निषेधाज्ञा लगाइएको छैन ।

    पालिकासँग सहकार्य गरेर जनप्रतिनिधिलाई जिम्मेवार बनाइएकोले सङ्क्रमण फैलिन नपाएको सम्बन्धित जिल्ला प्रशासनले जनाएका छन् । दोस्रो चरणको कोरोना भाइरसको संक्रमणदर बढेसँगै अहिले विभिन्न ७३ जिल्लामा आंशिकदेखि पूर्ण निषेधाज्ञा लगाइएको छ ।

    गृह मन्त्रालयकाअनुसार निषेधाज्ञा लागू भएका ७३ जिल्लामध्ये ६९ मा पूर्ण र ४ जिल्लामा आंशिक निषेधाज्ञा छ । आंशिक निषेधाज्ञा रहेका जिल्लामा काभ्रे, ताप्लेजुङ, सप्तरी र मुस्ताङ रहेका छन् ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *