• २०७८ असार ०१, मंगलबार
  • बेलायतको चौथो खोपको रुपमा ‘जेनसेन’ ले पायो मान्यता

    १५ जेष्ठ २०७८, शनिबार १५:०४

    फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनको सहायक कम्पनी ‘जेनसेन’ ले विकास गरेको कोरोना विरुद्धको खोपलाई बेलायतको नियामक निकाय मेडिकल रेगुलेटरले प्रयोगका लागि अनुमति दिएको छ ।

    बेलायतमा मान्यता प्राप्त गर्ने कोरोनाविरुद्धको खोपमध्ये यो चौथो खोप बनेको छ । यसअघि फाइजर, एस्ट्राजेनेका र मोडेर्नाले बेलायतमा प्रयोगका लागि अनुमति पाइसकेका छन् । बेलायतले ‘जेनसेन’ को २० मिलियन डोज खोप सुरक्षित गरिसकेको छ ।

    एक डोजमात्र लगाए पुग्ने उक्त खोप गम्भीर बिरामीका लागि ८५ प्रतिशत भन्दा बढी प्रभावकारी छ भने सामान्य अर्थात मध्यम अवस्थाका बिरामीका लागि ६६ प्रतिशत प्रभावकारी रहेको बीबीसीमा उल्लेख छ । सबैभन्दा पहिले यस खोपलाई अमेरिकाले मान्यता दिएको थियो । फाइजर, मोडेर्ना जस्ता खोपको तुलनामा जोन्सन खोप आर्थिक दृष्टिकोणले पनि फाइदाजनक हुनुकासाथै फ्रिजरको सट्टा सामान्य रेफ्रिजेरेटरमा नै भण्डारण गर्न सकिनेछ ।

    यो खोप १८ वर्ष माथिकालाई बुस्टर ज्याबको रुपमा दिइनेछ । बेलायतका भ्याक्सिन मिनिस्टर नाधिम जहावीले ‘यो खोप महामारीसंग लड्ने अर्को हतियार सावित हुने बताएका छन् ।

    बेलायतमा कोरोना विरुद्धको खोप शुरु भएयता ६ करोड ३३ लाख ४९ हजार २५२ मात्रा खोप वितरण भइसकेको छ ।जसमध्ये तीन करोड ८८ लाख ७१ हजार २०० जनाले खोपको पहिलो मात्रा लगाएका छन् भने दुई करोड ४४ लाख ७८ हजार ५२ जनाले दुवै मात्रा लगाएको स्वास्थ्य विभागले जनाएको छ ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *