• २०७८ असार ०१, मंगलबार
  • प्रदेशको नीति तथा कार्यक्रम विहीबार सार्वजनिक हुने

    २५ जेष्ठ २०७८, मंगलवार १६:४३

    सिधाखबर \ बागमती प्रदेशको निति तथा कार्यक्रम जेठ २७ गते सार्वजनिक गरिने भएको छ । बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले बागमती प्रदेशसभाको जेठ २७ गते बस्ने आठौं अधिवेशनको चौथो बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएका हुन् ।

    नीति तथा कार्यक्रम सार्वजनिक गर्न मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकको सिफारिसमा प्रदेश प्रमुख प्रसाईले प्रदेशसभाको आठौं अधिवेशनको चौथो बैठक आह्वान गरेका हुन् ।

    बैठक जेठ २७ गते अपराह्न ३ बजे बस्ने बागमती प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभाको गत जेठ १७ गते बसेको आठौं बैठकमा सरकारको बजेटको सिद्धान्त र प्राथमिकताको विषयमा छलफल भएको थियो । सो छलफलपछि बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अनिश्चितकालका लागि प्रदेशसभा बैठक स्थगित गरेका थिए ।

    यसमा तपाइको मत

    Your email address will not be published. Required fields are marked *


    *