पुर्खाको अतुलनीय भुमिका: सल्लाघारीबाट रुपान्तरण भएको-गुम्बाडाँडा

२७ श्रावण २०७८, बुधबार १०:२८

हेटौंडा \  कुनै समय वस्ती रहेको ठाँउ, अनि अहिले पर्यटकिय स्थल । हेटौंडा—१८ मा रहेको हर्नामाडी कला प्रतिष्ठान, गुम्बाडाँडाले ठुलो ईतिहास बोकेको छ । अहिले मकवानपुरको पर्यटकिय स्थलमा गनिने ठाँउ भएको छ । जिल्लाको पर्यटकिय स्थलको नाम लिँदा गुम्बा डाँडा छुटेको हुँदैन् । निकै रमणीय वातावरण बन्दै गएको छ । यसरी पर्यटक स्थलमा एक्कासी विकास हुँदा त्यहाँका बासिन्दाहरु समेत हर्षित भएका छन् । जंगलनै नजिक रहेको उक्त डाँडा गुम्बा डाँडामात्रै भनिएपनि त्यहाँ रहेका, बनेका अनेक प्रकारका चिजहरुले ईतिहास बोकेको छ । झन पछिल्लो समय पर्यटककै लागि भनेर विभिन्न भौतिक पुर्वधारदेखि लिएर मौलिकता झल्काउने खालका कार्यको विकास हुँदै आईरहेको छ । कोरोनाको समयमा पनि तुलनात्मक रुपमा त्यहाँ पर्यटकहरु आउने जाने क्रम चलिरहेको छ ।

स्थानियको अतुलनिय योगदान
५ दशमलव ६७ हेक्टर क्षेत्रफलमा फैलिएको गुम्बा डाँडा २०३४ सालसम्म त्यहाँ थुप्रै संख्यामा बस्ती रहेको थियो । नेपाल सरकारको निर्णयमा त्यहाँको वस्ती चितवनको केरुङ भन्ने ठाँउमा स्थान्तरण गरियो । त्यस पश्चात झाडीको रुपमा रहेको वन बन्न पुग्यो । वनमा घाँस दाउरा, सोत्तर अनि गाईवस्तु चराउने स्थान बनिरहेको अवस्थामा २०४० सालमा हर्नामाडीका स्थानीय बासिन्दा र वन कार्यालयका प्रमुखको नेतृत्वमा उत्तम डाँडाको संरक्षण तथा सम्वद्र्धन कार्य भयो ।

जिल्ला वन कार्यालयका तत्कालीन प्रमुख अमृतलाल जोशीको पहल तथा तत्कालीन स्थानीय समाजसेवीहरु सोमबहादुर बानियाँ, राधेश्याम खतिवडा, शीव बहादुर शिजाल, भीमलाल श्रेष्ठ, ईलामबहादुर भुजेलको ईमान बहादुर थापा, प्रेम बराल लगायतको पहलकदमीमा सल्ला र सिसौं लगाउने कार्यको सूरुवात भयो । त्यस पश्चात त्यस ठाँउको नामनै सल्लाघारी हुनपुग्यो । त्यहाँको वातावरणले केही न केही पर्यटकीय झल्को दिन्थ्यो । यसमा यी स्थानीय समाज सेवीहरुको अतुलनीय भुमिका रहेको प्रष्ट देख्न सक्छौ ।

२०५२ सालमा त्यहाँ रिह्रो गुम्बाको स्थापना भयो । त्यस पश्चात २०६३ सालमा आइसकेको पछि तत्कालीन उपभोतmा वन समितिका अध्यक्ष मंगल सिं लामा र सचिव बालकुमार श्रेष्ठ लगायतको टिमको पहलकदमीमा पर्यटक स्थलको लागि संरक्षण समिति बन्ने निर्णय भयो र सल्लाघारी—पर्या पर्यटकीय पार्क स्थापना भयो । त्यो बेला त्यहाँ सल्ला र सिसौबाट अन्य बोट विरुवा समेत वृक्षारोपण गर्ने काम गरिएको थियो । गणतन्त्र आईसकेपछि, वडाबाट सर्वदलिय सबैको पहलमा सल्लाघारीमा प्रतिक्षलयको व्यवस्था देखि लिएर हरेक कार्यको विकास हुन लाग्यो ।

त्यहीँ नाममा २०६६ सालमा हर्क रम्तेलको नेतृत्वमा सल्लाघारी अघि बढ्यो र २०७३ साल हर्नामाडी कला प्रतिष्ठान, गुम्बाडाँडा भन्ने नाम स्थापना गरिएको । अहिले गुम्बा डाँडामा २०४० सालमा लगाईएको सल्ला र २०६३ सालमा लगाईएको बोटविरुवाहरु धेरैजसो देख्न सकिन्छ । पछिल्लो समय रम्तेलको नेतृत्वमा सबैको साथ सहयोगमा गुम्बाडाँडाले द्रुत गति लियो । यहाँसम्म आईपुग्नुमा पुर्खाको ठुलो भुमिका रहेको रम्तेल बताँउछन् ।

रिह्रो गुम्बाले नै जुराएको गुम्बाडाँडा
गुम्बा डाँडाको नाम त्यहाँ रहेको रिह्रो गुम्बाले नै जुराएको हो । त्यहाँको मुख्य आकर्षण भनेको त्यहाँको गुम्बा । २०५२ सालमा स्थापना भएको थियो । त्यहाँ निकै शान्त वातावरण छ । त्यहाँ बौद्ध दर्शनसम्बन्धि शिक्षा लिएका १५ जना बालकहरु बस्दै आएका छन् । एकले अर्कोलाई निकै सम्मान गर्छन् । सानालाई माया र ठूलालाई आदर । उनीहरु बौद्ध दर्शनसम्बन्धी शिक्षा लिइरहेका छन् । करिब ९ महिनादेखि उनीहरुको दिनचर्या यसरी नै बित्ने गरेको छ । सबै अनुशासनमा हुन्छन् ।

१५ जना अनाथ बालक हुन् । सबै तामाङ समुदायका रहेका उनीहरु हाल गुम्बामा बस्न थालेपछि उनीहरु आफ्नो काम आफैं गर्ने र अनुशासनमा बस्ने गर्छन् । सिन्धुलीदेखिका बालकसमेत यहाँ बस्दै आएको गुम्बा समितिका अध्यक्ष जितबहादुर लोले जानकारी गराए । धार्मिक र साँस्कृतिक उजागर गर्न र आवाज उठाउन कक्षा सञ्चालन जरुरी रहेको लोले बताए । गुम्बा समितिका सचिव धनबहादुर घलानका अनुसार प्रख्यात लामा सन्तोष लामा र छेनम लामाले उनीहरुलाई निःशुल्क शिक्षा दिइरहेका छन् ।

No description available.

नेपालको पहिलो अन्तर्राष्ट्रिय कार्याशाला—मुर्तिकला
मूर्तिकलाको विकास र विस्तारकै लागि ०६९ सालमा मकवानपुर जिल्ला हेटौंडा—१८ हर्नामाडीमा प्रथम अन्तरर्राष्ट्रिय मूर्तिकला कार्यशाला सम्पन्न भएको थियो । यस कार्यशालाको आयोजना नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, ‘आरम्भ’ समसामयिक मूर्तिकार समूह, पर्यापर्यटकीय पार्क हर्नामाडी र तत्कालीन जिल्ला विकास समिति मकवानपुरले मंसिर ११ गतेदेखि २६ गतेसम्म सञ्चालन भई भव्यरूपमा सम्पन्न भएको थियो । यस कार्यशालामा सहभागी कलाकार जापानका सुगिमोतो जुनीचिरो, इटलीका बेटिनो फ्रान्सेली, कोरियाका सिम जुङ सु फ्रान्सकी लेतिचिया दी बजालरे ल्यू योङ चीनलगायत नेपालका १८ जना मूर्तिकारहरू क्रमशः ओम खत्री, नागेन्द्र राजभण्डारी, सुदर्शनविक्रम राणा, नरेन्द्रप्रसाद भण्डारी, राजु पिठाकोटे, विष्णुप्रसाद श्रेष्ठ, वैकुण्ठमान श्रेष्ठ, शारदामान श्रेष्ठ, राजन काफ्ले, गोविन्द चौधरी, बुद्ध थारू, ओमभक्त भण्डारी, बाबुलाल वाइवा, गंगाधर सारू, पूर्णकाजी शाक्य, लक्ष्मण भुजेल, प्रकाश शाक्य, चन्द्रश्याम डंगोल र १० जना कलेजका विद्यार्थी सहयोगीहरू (एसिस्टेन्ट) लगायत स्वयंसेवक रहेका थिए ।

त्यस कार्यशाला नेपालको पहिलो अन्तरर्राष्ट्रिय कार्यशाला भएकाले त्यतिबेला कलाकार तथा सम्पूर्ण नेपालीकै ध्यान त्यसै कार्यशालामा गइरहेको थियो । आर्थिक, सामाजिक, राजनीतिक, साँस्कृतिक, पर्यटन आदि सबै क्षेत्रबाट हेर्दा त्यो कार्यशाला एकदमै सफल भएको पाउन सकिन्छ । नेपाली मूर्तिकारले विदेशी मूर्तिकारको सीप, शैली, ज्ञान र मेसिनरी औजारका बारेमा नजिकबाट सिक्ने र अनुभव गर्ने मौका मिलेको थियोे ।

नेपालीले विदेशी संस्कार, रहनसहन, बानी र व्यवहार बुझ्ने मौका मिलेकोका खुसी व्यक्त गरे भने विदेशी मूर्तिकार पनि नेपाली संस्कार, संस्कृति, व्यवहार, वातावरण र हाउभाउदेखि मनै गद्गद भएको कुरा व्यक्त गरेका थिए । त्यस अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा विभिन्न देशका कलाकार सहभागी हुनुले पर्यटक संख्या अझ बढ्ने कुरामा दुइमत नै छैन । मुर्तिकला कार्यशाला स्थापना भईसकेपछि अहिले हर्नामाडीमा छुट्टै नै रौनक पनि छाएको छ । पर्यटकको घुँईचो लाग्ने गरेको छ । त्यहाँ आउने प्राय पर्यटकहरु कुदिएका मुर्तिमा हेर्नमै व्यस्त देखिन्छन् । पर्यटकलाई नै लोभ्याएको त्यस मुर्तिकलाले त्यहाँका स्थानीय बासिन्दा समेत हर्षित छन् । अहिले स्थानिय बासिन्दा तथा समाजसेवीहरु हर्नामाडीलाईनै आर्ट भिलेज बनाउनुपर्छ भन्ने तर्फ लागि परिराखेका छन् ।

No description available.

ऐतिहासिक पृष्ठभूमिको खोज —१ करोड लगानीमा २५ फिट बुद्धको मुर्ति
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ हर्नामाडीस्थित गुम्बाडाँडामा २५ फिट अग्लो बुद्धको मुर्ति स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ । हेटौंडा उपमहानगरपालिकाको पर्यटकीय गन्तब्यको रुपमा चिनिएको गुम्बा डाँडालाई थप परिचत बनाउन बुद्धको मुर्ति स्थापना भईसकेको छ । अब उद्घानको पर्खाइमा रहेको छ । मुर्तिका लागि काठमाडौ महानगरपालिका वडा नम्बर ६ का सामाजिक व्यक्तीत्वहरुले सहयोग गरेका छन् । आन्तरिक पर्यटन प्रर्बद्धन तथा धर्म संस्कृतिको संरक्षण गर्न बुद्धको मुर्ति निर्माण गर्न लागिएको बुद्ध मुर्ति निर्माण समन्वय समितिका संयोजक कमल चन्द्र सुमनले जानकारी गराए ।

बुद्ध जन्मेको भूमि नेपालमा स्थापित मूर्तिहरुमध्ये धातुको सबैभन्दा अग्लो मूर्ति हुने कमल चन्द्र सुमनले जानकारी गराए । हर्नामाडी गुम्बाडाँडा अन्तर्राष्ट्रिय मुर्तिकलाले चर्चित रहेको कारण अझ यसलाई थप पर्यटकीय नगर बनाउनको लागी यसको स्थापना गर्न लागिएको समितिले जानकारी दिएको छ । विश्व शान्ति र पर्यटकीय दृष्टिकोणले देशलाई चिनाउने उद्देश्य रहेको छ ।

निर्माण समितिका सचिव धन बहादुर लामाले भने बुद्ध मूर्ति स्थापना भएपछि हर्नामाडी पवित्र भूमिको धार्मिक तथा ऐतिहासिक पृष्ठभूमिको खोज एवम् अनुसन्धान हुन गई त्यसको गरिमा बढ्ने र देशलाई चिनाउने हाम्रो उद्देश्य रहेको बताए । हेटौडालाई धार्मिक एवम् पर्यटक क्षेत्रको रुपमा विकास गर्न सहयोगको लागि विभिन्न स्थानीय तहदेखी अन्तर्राष्ट्रिय स्तरका व्यक्तीहरुलाई समेत लामाले आग्रह गरे । माघको अन्तिममा काठमाण्डौको बुद्ध प्रतिष्ठानदेखी हेटौंडा हर्नामाडी गुम्बा डाँडासम्म साईकल यात्रा तथा दौड हुने समेत कार्यक्रममा जानकारी गराईएको थियो ।

No description available.

ठेकी पाउन छाडे पछि, पहिचानको नाममा —ठेकि
ठेकी भन्ने बित्तिकै अहिलेका नयाँ पुस्तालाई त्यति ज्ञान छैन् । किनकि विस्तारै ठेकी लोप हुँदै गईसकेको अवस्था छ । मकवानपुर जिल्ला काठबाट बनेको परम्परागत नेपाली भाँडो ठेकीको लागि प्रख्यात जिल्ला हो । मकवानपुरको चिनारी भनेर चिनिने ठेकी काठबाट बनेको परम्परागत नेपाली भाँडो हो । यो दही जमाउने, दही मथ्ने (मोही पार्ने), मोही अथवा दही राख्ने काममा प्रयोग गरिन्छ । नेपालका प्रत्येक जिल्ला विभिन्न कुराको लागि प्रख्यात छ ।

अहिले हेटौंडा उपमहानगरपालिकामा धमाधम ठेकीको आकार बनाई निर्माण कार्य भईरहेको छ । हेटौंडा— १८ हर्नामाडीमा रहेको गुम्बा डाँडास्थित ठेकी निर्माण कार्य भएको हो । पर्यटकलाई लोभ्याउने शैलीले काठकै ठुलो ठेकी निर्माण गरिएको छ । संघीय तथा प्रदेश सरकारको बजेट अन्तर्गत करिब साँढे पाँच फिट उचाई र चार फिट चौडाईमा निर्माण भएको गुम्बा डाँडा पार्किङ निर्माण उपभोक्ता समितिका अध्यक्ष अशोक श्रेष्ठले जानकारी गराए । अहिले काठको ठेकीको लागि प्रख्यात मकवानपुरमा नै ठेकी पाउन छाडे पछि उपभोक्ता समितिले परम्परागत भाँडोको संरक्षणका लागि ठेकी निर्माण गरेको हो

No description available.

फूलै फूलको बगैँचा

गुम्बा डाँडा परिसर फूलै फूलको बगैचा भएको छ । गुम्बा डाँडालाई पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि फूलको बगैचा बनाइएको हो । गुम्बा डाँडामा पहिले वरिपरी वनमाराको झाडी थियो । देख्दै डरलाग्ने र अन्धकार जस्तो देखिन्थ्यो । अहिले सबैतिर फाँडेर हरिया रुख, त्यसको बीच खाली स्थानमा फूलको बगैचा छ । गुम्बा डाँडामा अब मुर्तिमात्र हेर्ने भन्दा पनि फूलको बगैचामा घुमेर आन्तरिक पर्यटकलाई घुम्ने वातावरण बनाइएको छ । बगैचा निर्माणको काम वर्षै पिच्छे निरन्तता दिने तयारी गरिएको हेटौंडा—१८ वडा कार्यालयले जनाएको छ । यसमा पर्यटकीय क्षेत्रका लागि पूर्वाधार निर्माण गर्ने, बगैचा निर्माण गर्ने काम भईरहेको छ । अहिले भने पिकनिक स्पोर्ट पनि तयार हुने र अब वनभोज खानका लागि गुम्बाडाँडामा पाँच वटा स्थल तयार गरिने बताईएको छ ।
बाघको पेटिङले बढाएको आर्कषण

केही समयअघि मात्रै गुम्बा डाँडामा बाघको आकर्षित गर्ने पेन्टिङ देख्न सकिन्छ । १४ फिट लम्बाई र २ फिट चौडाँईमा बनेको उत्तम बाघको पेन्टिङ प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेलको पहलमा भएको हो । आर्ट ग्यालरी हेटौंडा ६ का सुजन राईले आर्कषित पेन्टिङ गरेका हुन् । प्रयोगविहीन भईरहेको वाललाई सदुपयोग गरेको उनले बताए । त्यहाँ अहिले उत्तम पेन्टिङमा फोटो खिच्न घुईचो लाग्ने गरेको छ । अन्य वालमा समेत त्यस्तै पेन्टिङ गर्ने योजना रहेको र स्पोन्सर खोजीमा रहेको रम्तेलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*