सुस्मिता हत्या प्रकरणः कार्कीको थुनछेक बहस

२९ भाद्र २०७८, मंगलवार १६:०९

हेटौंडा \ हेटौँडा-४ कर्राकी सुस्मिता केसी (थापा) को हत्यासम्वन्धी मुद्धामा फरार रहेका ३४ बर्षीय अरुण कार्की अदालतमा उपस्थित भएका छन् । उनी सोमबार जिल्ला अदालत मकवानपुरमा उपस्थित भएका हुन् । हत्या प्रकरणपछि फरार रहेका उनी सोमबार अपरान्ह अदालत उपस्थित भएको र उनको बयानको काम भएको अदालतका श्रेस्तेदार तिर्थराज भट्टराईले जानकारी दिए ।

उनको मंगलबारबाट थुनछेक बहस शुरु हुने उनले जानकारी दिए । सुस्मिताको हत्या २०७७ असार १ गते राति हेटौँडा–४, कर्रास्थित आफ्नै घरमा भएको थियो । सुस्मिताको हत्यामा परिवारकै संलग्नता रहेको अनुसन्धानबाट खुलेपछि हत्या भएको करिब दुई हप्तापछि परिवारका सदस्यहरु पक्राउ परेका थिए ।

जिल्ला अदालत मकवानपुरका न्यायाधीस सिता शर्मा अधिकारीको एकल इजलासले सुस्मिताको हत्यामा संलग्न ४ जनालाई पुर्पक्षका लागि थुनामा राख्न यसअघि नै आदेश दिइसकेको छ । हत्यामा संलग्न भनिएका ससुरा ५८ बर्षीय प्रकाश थापा र नन्द २३ बर्षीया सीता थापालाई आजीवन कैद सजायको माग दाबी गर्दै सरकारी वकिल कार्यालय मकवानपुरले जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको थियो ।

त्यसैगरी घटनाको मतियारको रुपमा सासु तुलसी कुमारी थापालाई १२ बर्ष जेल सजाय, अर्की नन्द २७ बर्षीय दुर्गा थापा र उनका पति ३४ बर्षीय अरुण कार्कीलाई हत्यामा षड्यन्त्र गरेको दाबी गर्दै २५ वर्ष कैद माग गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*