बागमती प्रदेशमा कोरोनाविरुद्धको पूर्ण खोप लगाउनेको संंख्या १८ लाख ७० हजार

३१ भाद्र २०७८, बिहीबार ११:५८

बागमती प्रदेशमा कोरोनाविरुद्धको पूर्ण खोप लगाउनेको संंख्या १८ लाख ७० हजार ७ सय पुगेको छ । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको तथ्याङ्क अनुसार हालसम्म खोप लगाउन सकिने जनसंख्याको ३२ प्रतिशतले कोरोनाविरुद्ध खोप लगाएका हुन् ।

बागमतीमा तीन लाख ४७ हजार १ सय १ ले कोभिसिल्ड, ११ लाख ७६ हजार २ सय ४ ले भेरोसेल तथा तीन लाख ४७ हजार ४ सय १४ जनाले जोनसन एण्ड जोनसन खोप लगाएको जनाइएको छ । १८ बर्षभन्दा माथिका ३२ लाख ७८ हजार १ सय ७७ जना पूर्ण खोपको सुविधाबाट लाभान्वित हुन सकेका छैनन् ।

बागमती प्रदेशमा २५ लाख ३८ हजार २२५ को कोरोना सङ्क्रमण परीक्षण गर्दा चार लाख २५ हजार ७ सय ९२ अर्थात १६.७७ प्रतिशत व्यक्तिमा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.पुरुषोत्तमराज सेढाईंले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*