सिद्धस्थली रुरल कम्युनिटी हस्पिटलको शुभकामना आदानप्रदान

२३ आश्विन २०७८, शनिबार २१:०९

हेटौडा ६ रामनगरमा रहेको सिद्धस्थली रुरल कम्युनिटी हस्पिटलले शनिबार हस्पिटल परिसरमा आयोजित कार्यक्रम्मा बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एबं पुर्ब जलश्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रम्मा काग्रेश पुर्ब नगर सभापति आन्नदराम पराजुली,बर्तामान सभापती उत्सव इटेनी,नगर सचिब सबिन न्यौपाने,हेटौंडा ६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई,गौतम समाज बागमती प्रदेश अध्यक्ष होमनाथ गौतम,जिल्ला अध्यक्ष राजु गौतम,पुर्ब अध्यक्ष केशब गौतम ,नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम,बाल जागृती युवा बर्ष हेटौडा ६ का बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष कुमार तिमल्सीना, लगाएतको सहभागीता रहेको थियो ।

कार्यक्रम्मा प्रमुख अतिथी महालक्ष्मी उपाध्याय डिनाले बजार क्षेत्रबाट दुरीमा रहेको यो अस्पतालले ग्रमिण भेगका जनताहरुको उपचारमा उलेख्य भुमिका खेल्ने बताउनु भयो । यो क्षेत्रमा अस्पताल स्थापना गरेर यस क्षेत्रका बिरामीहरुले सेवा पाउने हुदा सबैले सहयोग गरेर अस्पताललाई अगाडी बढाउनु पर्ने बताउनु भयो । उहाँले बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा शुभकामना दिदै यो बर्षको बिजयादशमी तथा शुभ दिपावलीले सबैमा कोरोना रोगपरास्त गर्ने आशिरबार्द प्रदान हुने बताउनु भयो ।

हस्पिटलका संरक्षक गोमा गौतमको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी बिष्णु ढुगानाले स्वागत गर्नु भएको थियो । संरक्षक गौतमले बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा सम्पुर्णमा शुभकामना ब्यक्त गर्नु भएको थियो । उहाँले अस्पताल सबैको साझा संस्था रहेको बताउदै यहाँका स्थानिय जनताहरुले उपचार पाउन सकुन भन्ने उदेश्यले आफुहरुले यसै स्थानमा अस्पताल स्थापना गरेको बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*