आजबाट ओम्याक्स हल सञ्चालनमा

२५ आश्विन २०७८, सोमबार १२:४६

सिधाखबर  \ ओम्याक्स हल आजबाट संचालन भएको छ । कोरोना जोखिमका कारण करिब २ वर्षदेखि बन्द रहेको हल आजबाट चल्ने भएको हो ।

सरकारले हल संचालन गर्न पाउने निर्देशिका जारी गरेपछि तथा अहिले जिल्लामा कोभिडको जोखिम कम भएसंगै स्वास्थ्य मापदण्ड अपनाएर आज हल संचालन गरिएको ।

ओम्याक्स हलका प्रमुख दिनेश तिमल्सिनाका अनुसार पहिलो चरणको कोभिड १९ को माहामारीका कारण सिनेमा हल बन्द गरिएको र बीचमा कोभिडको संक्रमण कम भएसंगै हल खोलिएको थियो । हल खोले पनि कोरोनाको त्रासका कारण तथा फिल्म अभावका कारण दर्शकहरुको उपस्थिति नभएपछि आफूहरुले हल बन्द गर्नुपरेको उनले बताए ।

‘कोरोनाका कारण लामो समयदेखि हल बन्दाबन्दी मै रहँदा हलमा धेरै टुटफुट भएको तथा हलभित्र विद्युतीय तारहरुलाई व्यवस्थित गर्ने काम अहिले भइरहेको छ ।’ उनले भने,‘नेपालीहरुको महान चाडपर्वको रुपमा मनाइने दशैलाई लक्षित गरी हल खोल्ने तयारी गरेका हौं । ’ हलमा धन्दागिरी नेपाली चलचित्र प्रदर्शन भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*