भ्रम र लोभको खेती गर्यो यो सरकारले : नेता बानियाँ

४ कार्तिक २०७८, बिहीबार १७:४०

सिधाखबर  \ नेपाली काँग्रेसका बागमती प्रदेशसभा संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले अल्पमतमा परिसकेको सरकारले भ्रमको राजनिति गर्दै लोभको खेती गर्दै यो सरकार अघि बढेको भन्दै गठबन्धनको सरकारले जनताको नजिक रहेर काम गर्ने बताएका छन् ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा बिहीबार भाग लिँदै उनले आफूहरुले यो व्यवस्था र संविधान रक्षाका लागि गठबन्धन बनाएको बताए ।

उनले आफ्नो दलले मुख्यमन्त्री शाक्यलाई साथ नहुने बताउदैं समय नलम्बाई सभामुखलाई प्रक्रियामा नयाँ सरकार बनाउनको लागि आग्रह गरेका थिए । उनले ‘गठबन्धनको पक्षमा ५९ जना सांसद पुगिसकेको छ, यो कुरा थाहा हुँदा हुँदै धेरै अलमल नगर्न सबैम आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*