अष्टलक्ष्मी शाक्यको विरुद्ध उभिने दिन आयोः नेता पाण्डे

४ कार्तिक २०७८, बिहीबार १७:५५

सिधाखबर  \ नेकपा एकीकृत समाजवादी पार्टीका बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्रीमा प्रस्तावित राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।

मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले मुख्यमन्त्री शाक्य अल्पमतमा परेको ३९ दिन भइसकेको पनि स्मरण गराए ।

संविधानतः सत्तारुढ दल विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने मुख्यमन्त्रीले किन अझै अल्पमतका बाबजुद सत्तामा टाँसिएर बस्न मन गरेको होला भन्ने प्रश्न गर्दै अष्टलक्ष्मी शाक्यको विरुद्ध राजेन्द्र पाण्डे उभिने दिन आयो भनेका छन् ।

उनले आफूसहितको गठबन्धन अग्रगमनको पक्षमा, यो व्यवस्था र संविधानको पक्षमा भएकाले विश्वासको मत दिन नसकिने प्रस्ट पार्दै उनले संविधान रक्षाको लागि यस बेला गठबन्धन आवश्यक रहेको बताए । ‘

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*