‘सोसियल मिडिया फिल्म अवार्डको’ दोश्रो संस्करण हुने ! सहभागिताका लागि आवेदन खुल्ला

२३ कार्तिक २०७८, मंगलवार १४:४९

ड्रीम वल्र्ड अफ फिल्म मेकर्स प्रालिको आयोजनामा सोसियल मिडिया फिल्म अवार्डको दोश्रो संस्करण हुने भएको छ । अग्रशिल नारी संस्थाको सह आयोजनामा हुन लागेको अवार्डको लागी दर्ता फर्म खुल्ला गरीएको अर्वाडकी कार्यकारी अध्यक्ष सबनम मुखियाले बताउनु भयो । अवार्डमा सहभागी हुन चाहनेहरुका लागि २०७८ कार्तिक १६ गते देखि फारम खुला गरिएको र मंसिर २० गते सम्म आवेदन दिइ सक्नु पर्ने बताईएको छ । २०७५ सालमा आयोजना गरिएको अवार्डको पहिलो संस्करण काठमाडौंमा भएको थियो । परिस्थिती अनुकूल भएपछि अवार्ड पुनः आयोजना गर्न लागिएको अवार्डकी कार्यकारी अध्यक्ष मुखियाले बताउनु भयो । उहाँका अनुसार सर्ट फिल्म,वृत्तचित्र, विज्ञापन तथा विभिन्न सामाजिक सञ्जालमा प्रस्तुत हुने भिडियोहरूलाई मध्यजनर गर्दै सोसियल मिडिया फिल्म अवार्ड आयोजना हुने भएको हो ।

अवार्डमा सर्ट फिल्म अन्तर्गत छायाँकार,सम्पादक,अभिनेत्री,अभिनेता र निर्देशक,यस्तै वृत्तचित्र,जनचेतना मुलुक विज्ञापन अन्तर्गत पिएसए विधामा प्रतिष्पर्धा हुनेछ। यस्तै सोसियल मिडिया,अन्तर्गत वेस्ट सोसियल मिडिया फेसबुक, इन्टाग्राम,इमो भिजुअल,वेस्ट युट्युव भिडियो, वेस्ट च्यालेन्जिङ न्युज लाईभ,पपुलर टिक टक भिडियो,देशभक्ति म्युजिक भिडियो,सर्वोकृष्ट भ्लग, जस्ता विधाहरुमा अवार्ड प्रदान गरिनेछ। मुखियाका अनुसार फारम र सम्बन्धित विधामा भाग लिने वृत्तचित्र, लघु चलचित्र, जनचेतनामूलक विज्ञापन, युट्युव भिडियो जम्मा भएपछि यसको मनोनयन सार्वजनिकसँगै सोसियल मिडिया फिल्म अवार्ड प्रदान गरिनेछ।

उहाँले यसपटक सञ्चारको क्षेत्रमा, उद्योगको क्षेत्रमा र कलाकारिताका क्षेत्रका साथै समाजिक क्षेत्रमा रही राष्ट्रको निम्ति योगदान दिने विशिष्ट व्यक्तिलाई सम्मान पनि गरिने बताउनु भयो । मनोनयनमा परेका मध्यबाट उत्कृष्ट छानेर विशेष समारोह मार्फत् सोसियल मिडिया फिल्म अवार्ड प्रदान गरिने बताईएको छ । सहभागिताका लागि सहभागीले कार्यलयको इमेल :socialmediafilmawards@gmail.com र सम्पर्क नम्बर ९८६१४४४१९८8,९८०३०४९६४६,९८४१६८००५२ मा सम्पर्क गर्न सक्ने समेत जनाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*