एमाले महाधिवेशन : ११ गते उम्मेदवारी दर्ता, १२ गते मतदान

८ मंसिर २०७८, बुधबार ०८:२९

काठमाडौं \  नेकपा एमालेको १० औं महाधिवेशनमा ११ गते उम्मेदवारी दर्ता र १२ गते मतदान हुने भएको छ ।

मंगलबार बसेको स्थायी कमिटी बैठकमा निर्वाचन कमिटीका अध्यक्ष डा. विजय सुब्बाले निर्वाचन कार्यतालिका पेश गरेका हुन् ।

प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईका अनुसार ११ गते उम्मेदवारी दर्ता, फिर्ता लगायतका प्रक्रिया पूरा हुनेछ । ‘१२ गते विहान ८ बजे नै मतदान सुरु हुनेछ,’ उनले भने ।

एमाले महाधिवेशनको उद्घाटन १० गते चितवनको नारायणी नदी किनारमा हुनेछ । त्यही दिन साँझ केन्द्रीय कमिटीको बैठक बस्ने सचिव भट्टराईले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*