१०औँ महाधिवेशनः प्यानल बनाए कारबाही, पर्चा-पम्प्लेटमा पनि बन्देज

९ मंसिर २०७८, बिहीबार ०९:०७

चितवन \  नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको सबै तयारी पूरा भएको छ ।  एमालेको निर्वाचन आयोगको कार्यालयले आन्तरिक तयार पूरा गरेको भन्दै आजदेखि चितवनको सौराहामा चुनावको प्रकृयाको लागि कार्यालय स्थापना गर्ने जनाएको छ ।

१० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल बनाउन रोक लगाइएको छ । विगतका महाधिवेशनमा प्यानल नै बनाएर नेतृत्व चयन गर्दै आएको एमालेले १० औँ महाधिवेशनमा भने रोक लगाएको हो । एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले प्यानल बनाउन नपाउने व्यवस्था गरिएको बताउनुभयो ।

कुनै पनि प्यानल बनेको कागजात सार्वजनिक भएमा नियमअनुसार कारबाही हुने उहाँले बताउनुभयो । कुनै पनि उम्मेदवारले प्रचारका लागि पर्चा, पम्प्लेट, ब्यानरजस्ता सामग्री वितरण गर्न रोक लगाइएको छ ।

पर्सि ११ गते उम्मेदवारी दर्ता गर्ने र त्यही दिन उम्मेदवारी फिर्ता लिने कार्यतालिका रहेकोे केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिनुभयो । पर्सि बेलुका ६ बजे अन्तिम नामावली प्रकाशन गर्ने र १२ गते मतदान गर्ने कार्यक्रम तय भएको छ ।

मंसिर ११ गते पर्सि उम्मेदवारी दर्ता गर्ने र त्यही दिन उम्मेदवारी फिर्ता लिने कार्यतालिका बनेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्षसुब्बाले जानकारी दिनुभयो। ११ गते बेलुका ६ बजे अन्तिम नामावली प्रकाशन गर्ने र १२ गते मतदान गर्ने कार्यक्रम तय भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*