पाकिस्तानका प्रधानमन्त्री खान पदमुक्त

२७ चैत्र २०७८, आईतवार १२:५०

हेटौंडा \  पाकिस्तानका प्रधानमन्त्री इमरान खान प्रधानमन्त्री पदवाट पदमुक्त भएका छन् । संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि खान पदमुक्त भएका हुन् ।

गएराति भएको मतदानमा खानको विपक्षमा १ सय ७४ मत परेको थियो । झिनो मतले खानले विश्वासको मत प्राप्त गर्न नसकेका हुन् । ३ सय ४२ सांसद रहेको पाकिस्तानको संसदमा बहुमतका लागि १ सय ७२ मत आवश्यक थियो ।

अर्थतन्त्रलाई गलत ढंगले व्यवस्थापन गरेको र सुशासन कमजोर पारेको भन्दै खानविरुद्ध केही दिनअघि अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।

अविश्वासको प्रस्तावमा पाकिस्तान मुस्लिम लिग–नवाज (पी.एम.एल–एन) र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का १ सय सांसदले हस्ताक्षर गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*