
हेटौंडामा ‘मलिलो माटो’को चर्चा

हेटौंडा \ उपन्यास मलिलो माटोको चर्चा हेटौंडामा भएको छ । १५ औं गणतन्त्र दिवसको अवसरमा नेपाल भारत विश्व मैत्री संघ र नेपाल भारत मैत्री संघ मकवानपुरको संयुक्त आयोजनामा उपन्यास मलिलो माटोको चर्चा गरिएको हो ।
अर्घाखाचीँको सन्धिखर्कमा जन्मिएर बुटबलमा कर्मथलो बनाएकी सपना आचार्यले लेखेकी उपन्यास ‘मलिलो माटो’ पुस्तक माथी मकवानपुरे स्रष्टा निषेश निखील, हयग्रीव आचार्य र अनिता न्यौपानले पुस्तकबारे चर्चा सँगै सुझावहरु दिएका थिए ।
नेपाल भारत विश्व मैत्री संघका राष्ट्रिय उपाध्यक्ष ज्योतिरत्न बज्रचार्यको अध्यक्षता तथा बुढ्यौली साहितय समाजका अध्यक्ष एंव वरिष्ठ हास्यव्यंगकार आरसी रिजालको प्रमुख अतिथ्यतामा कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा पुस्तक लेखक सपना आचार्य, संघका महासचिव किरण राज रेग्मी, केन्द्रीय सदस्य सुनील दाहाल, जिल्ला सचिव सरोज अधिकारी, कोषाध्यक्ष प्रविण मैनाली, प्रलेसका अध्यक्ष श्रीराम अधिकारी, सिस्नुपानी नेपालका अध्यक्ष राजकुमार लामिछाने लगायत मकवानपुरका साहित्य व्यत्तित्व र संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।