‘मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७९’बाट श्रीराम अर्जुन पुरस्कृत

४ असार २०७९, शनिबार २३:११

हेटौंडा \ मकवानपुरका पत्रकार श्रीराम अर्जुन मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७९ बाट पुरस्कृत भएका छन् । चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय समितिले चलचित्र पत्रकारिता दिवसको अवसरमा मोफसलमा एक दशक भन्दा लामो समयदेखी चलचित्र पत्रकारिता गर्दै आएका श्रीराम अर्जुनलाई मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७९ बाट पुरस्कृत प्रदान गरिएको हो ।

शनिबार नेपाल सरकारका प्रवक्ता एंव सुचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उक्त पुरस्कार प्रदान गरेका थिए । संघका अध्यक्ष दिनेश सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा श्रीराम अर्जुन सँगै वरिष्ठ चलचित्र पत्रकारहरुको पनि सम्मान तथा पुरस्कृत गरिएको थियो ।

२०६६ सालमा चलचित्र पत्रकार संघ मकवानपुर शाखाका कार्यसमिति सदस्य बनेका श्रीराम अर्जुन हाल संघको सचिव रहेका छन् । उनले दुई कार्यकाल सचिव भई कार्यसम्पादन गर्दै आइरहेका छन् । स्थानीय पत्रिकामा चलचित्र पत्रकारिता सुरु गर्दै आएका श्रीराम अर्जुनले लामो समय फिल्मी खबर साप्ताहिकका लागि हेटौंडाबाट काम गरेका थिए ।

उनी हाल हेटौंडाबाट सञ्चालित सिधाखबर डटकम, इमेज च्यानल र हिमालय टाइम्सको मकवानपुर संवाददाताको रुपमा कार्यरत छन् ।
विभिन्न सामाजिक संघसंस्थाका आवद्ध रहेका उनले हेटौंडामा चलचित्र पत्रकारिता पुरस्कार २०७३ लगायत विभिन्न सहकारी तथा सामाजिक संघसंस्थाहरुबाट सम्मान तथा पुरस्कृत प्राप्त गरिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*