गणेश थापा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्व अध्यक्ष हुन्। उनी दक्षिण एसियाली फुटबल महासंघका पूर्वअध्यक्ष र एसियाली फुटबल महासङ्घ पूर्व उपाध्यक्ष थिए। उनी एन्फा अध्यक्ष भएपछि पहिले नै रोकिएको एन्फा शहिद स्मारक ए-डिभिजन लिग सुरू गरे संगै एन्फा युवा एकेडेमी समेत बनाईएका थिए ।
पछिल्लो समय सामाजिक सञ्जालमा उनले नेपाली फुटबल र खेलाडीहरुको बारेमा चासो र चिन्ता देखाएका छ्न । नेपाली फुटबलमा भएको विकृति र विसङ्गतिको विरुद्धमा २०८२ सालमा हुने फुटबलको ऐतिहासिक आन्दोलनको तयारीका लागि विभिन्न जिल्ला घुमिरहेका उनले एन्फा, एफसी तथा फिफासँग आबद्ध नभएका आम खेलप्रेमीहरूलाई आफ्नु योजनामा सहयोग गर्न आग्रह समेत गरेका छ्न् ।
आफू अध्यक्ष हुँदा युवा फुटबलमा विशेष ध्यान दिएर नेपाली फुटबल लिग प्रणालीलाई अधिक व्यवसायिक बनाउन प्रयास गरेको,नेपाली फुटबलको विकास राम्रो सुविधा र खेलाडीहरूको लागि राम्रो पुरस्कारको सुरुवात गरेको बताएका छन् । अहिलेको नेतृत्वले आफ्ना पालामा गरेका कार्यहरुलाइ लत्याएर गरेका निर्णयमा निकै ठूलो निर्णय गर्यौ भन्ने चर्चा गरेपनी आफुले देख्दा र हेर्दा त्यस्तो केही प्रगति नभएको औल्याउँनु भएको छ । उनले अहिलेको नेतृत्वलाई भनेका छ्न एन्फाले फिफा र एएफसीको सहयोग बिना आफ्नो निजी स्रोतबाट भएको एउटा काम छ भन्दै प्रश्न गरेका छ्न ।
उनले केन्द्रीय मकवानपुर जिल्ला अध्यक्ष एवम् केन्द्रीय सदस्य टीका लामाले सामाजिक संजालमा एन्फाले बैठकबाट निर्णय गरेका कुराहरुलाइ थापा प्रति उधृत गर्दै सेयर गरेपछी थापाले यसको जवाफ केन्द्रीत गर्दै भनेका छ्न । फिफा र एएफसीबाट आएको रकम मात्र बाढ्नको लागि एन्फामा रामबहादुर, श्यामबहादुर, हरिबहादुर जो राखे पनि भइहाल्छ नि। उनी लेख्छन् फिफा र एफसीबाट पूर्वाधारको लागि निश्चित आउने बजेट बाँडफाँड भएको न हो। त्यो जसले बाडे पनि त्यही हो ।
पूर्व अध्यक्ष कर्माले कास्की जिल्लामा लगेको बजेटलाई रद्द गरेर बाडेको होइन र ? यो कुन चाहिँ ठूलो कुरा हो र ? टीका भाइले बाडेको भए मकवानपुर जिल्लालाई अलि बढी आउथ्यो होला। हाम्रो पालामा जस्तो गोल प्रोजेक्ट ल्याउनको निमित्त ठूलो लबिङ गर्नुपर्ने आवश्यकता अहिले छैन।
विगतमा एन्फाले आफ्नै साधन स्रोतबाट बनाएको एन्फा कम्प्लेक्स जस्तै दोस्रो एन्फा कम्प्लेक्स आफ्नै स्रोतबाट बनाएको दिन , लिगमा करिब १० वर्ष अगाडि १ करोड पुरस्कार थियो । पाँच करोड भएको दिन, १० वर्ष अगाडि खेलाडीले बढीमा प्रति महिना १ लाख ५० हजार कमाउने दिन थियो । अहिले पाँच लाख कमाएको दिन आयो भने अनि गजब गरेछ भनौला । हामीहरूले उत्कृष्ट खेलाडीलाई कार र अपार्टमेन्ट दुवै दिँदै आएका थियौ तर अहिले खेलाडीलाई कार मात्र दिने घोषणा भएको छ। हामीले टोयोटा एरिसकार दिएका थियौँ। अहिले त ३० लाख जतिको खोज्नु भन्या छ रे।
टोयोटा गाडीभन्दा राम्रो र हामीहरुले दिएको भन्दा ठूलो अपार्टमेन्ट दिएको भए गजब गरे भन्थे। भाइले दबाब दिएर टोयोटा गाडी र अपार्टमेन्ट पनि दिनुपर्छ भनेर दबाब दिनुपर्यो। ३ सहिद स्मारक लिग २०७९, ८० र ८१ सालमा जम्मा खेलाडीहरूले चार महिना खेलेछन्। बाँकी समय खेलाडीहरू बेरोजगार भएछन् जसको कारणले धेरै खेलाडी हरू अस्ट्रेलिया पलायन भए। यसलाई गजब गरे भन्नुपर्ने।
२०७८ सालदेखि बि डिभिजन लिग भएको छैन। राष्ट्रिय लिग कता गयो, प्रेसिडेन्ट कप , विभिन्न नकआउट प्रतियोगिताहरु, कता गयो, क्षेत्रीय लिग कता गयो, महिला लिग कति वर्षपछि हुँदैछ, जिल्ला लिग तीन वर्षमा, मकवानपुरमा त पाँच वर्षमा । यसरी नियमित प्रतियोगिताहरू नगर्ने नेतृत्वहरूलाई गजब गरेछन् भन्नुपर्ने। उनले एन्फाले १० वर्ष अगाडि महिला तथा पुरुष उमेर समूहका र राष्ट्रिय टिमका खेलाडीहरूले विजय हासिल गर्दा एन्फाले घोषणा गरेको पुरस्कार अहिलेसम्म पाएका छैनन।
योभन्दा लाजमर्दो कुरा के हुन्छ। यस्तो कार्यलाई गजब गरे भन्नुपर्ने। औल्याउँदै भनेका छ्न । उनले सबै कर्मचारीको तलब नेपाली रकममा महासचिवको तलब युएस डलरमा किन ? महासचिवको तलब १०० प्रतिशत वृद्धि गरी २ लाख ७० हजार दिने निर्णयमा सहमति जनाएको हो ? सहायक महासचिवहरु, सिइओ को जिम्मेवारी एन्फामा के छ ? सुन्नमा आए अनुसार मनलाए अफिस आउछन् नभए आउदैनन् आयो भने पनि २ बजे आउँछन् ४ बजे फर्किन्छन भन्दै आरोप समेत लगाएका छ्न । उनले विगतमा सिइओ बाहेक सबै बेतलबी थिए।
तलब दिन आवश्यक छ ? अनि यस्ता कार्यलाई गजब गरेछ भन्नुपर्ने। हाम्रो कार्यकालमा खेलाडीहरूलाई र रेफ्रीहरूलाई तलब दिनको निमित्त आठ करोड र खेलाडीहरूको उपचारको निमित्त खेलाडी कल्याण कोषमा ५० लाख फिक्स डिपोजिटमा राखिदिएको कारणले त्यसको ब्याजबाट खेलाडीहरूको तलब र खेलाडीहरूको उपचारको निमित्त खर्च कसको कारणले पाइरहेको छ? प्रश्न गरेका छ्न् ।
फिक्स डिपोजिटमा दुईटा कोषमा पैसा नराख्दिएको भए आज खेलाडीहरूले तलब र उपचार कुन स्रोतबाट एन्फाले खुवाउथ्यो ? आजसम्म यी दुवै कोषमा १ रुपैया पनि थप गरिएको छैन। अनि यस्ता कार्यलाई गजब गरेछ भन्नुपर्ने भन्दै लामालाई जिल्ला अध्यक्ष बन्ने संरचना कसले बनायो ? भनेर प्रश्न गरेका छ्न । जसरी आफ्नो बाउ आमाले बच्चालाई जन्म दिन्छन् त्यसैगरी तपाईँ अध्यक्ष बन्ने संरचना मैले बनाएको हो। जसको कारणले तपाईं अहिले अध्यक्ष हुनुहुन्छ।
यसैगरी केन्द्रमा बस्ने घर, ट्रेनिङ ग्राउन्ड, खेलाडी राख्ने होस्टेल, खेलाडीलाई तलब दिने र उपचार गर्ने अक्षय कोष, एन्फा एकेडेमी, अन्तर विद्यालय प्रतियोगिता, जिल्ला लिग, ग्रासरुट प्रोग्राम, प्रायोजन बाट खेल संचालन गर्ने सुरुवात, जस्ता सबै तयार गरेका संरचना प्रयोग गर्ने। पूर्व एन्फा अध्यक्ष र वर्तमान अध्यक्ष लगायतले गरेको कार्य लाइ धन्यवाद दिने कुरा त छोडौं।
भए नभएको आरोप लगाएर ५८ करोड भ्रष्टाचार गर्यो भनेर मेरो चरित्र हत्या गर्न सफल भए तर ? २०८२ कुरौ।हाम्रो कार्यकालमा फिफाले २ लाख ५० हजार डलर वार्षिक दिन्थ्यो। अहिले वार्षिक २० लाख डलर छ। हाम्रो कार्यकालमा २० लाख डलर पाएको भए कति काम गरेर देखाइन्थ्यो होला। उनले आफुले दिएको सुझाव ठिक लाग्छ भने कार्यसमितिमा सशक्त रुपमा राख्नु सकिन्न भने हामीले बुझेकै छौ। भनेर आफ्नु धारणा राखेका छ्न् ।
एन्फा कार्यसमितिले गरेका निर्णयबारे आफ्नु धारणा राख्दै लेखेका छ्न् खेलाडीहरू दुई वर्षदेखि बेरोजगार एन्फा महासचिवको तलब २ हजार युस डलर अर्थात् नेपाली मा २ लाख ७० हजार यस्तो निर्णयलाई समर्थन गर्नेहरूले कुनै दिन आम खेल प्रेमीहरूले जवाफ खोज्ने छन्। फिफा र एफसीबाट आएको रकम बाडफाड गर्न रामबहादुर, श्यामबहादुर ,हरिबहादुर जो कसैले पनि गर्न सक्छ। यसलाई कुनै मैले ठूलो कुरा लिएको छैन।
एन्फाको आफ्नै साधन स्रोतबाट विगतमा हाम्रो कार्यकालमा जसरी एन्फा कम्प्लेक्स निर्माण गर्यौ। त्यसैगरी फिफाको सहयोग बिना कुनै एउटा पूर्वाधार बनाएर देखाएको दिन हामी सबै खेलप्रेमीले हृदयदेखि नै धन्यवाद दिनेछौं। विगतमा हाम्रो कार्यकालमा दिँदै आएको कार ,अपार्टमेन्ट, रूपक स्मृति पुरस्कार शदर चन्द्र शाह पुरस्कार दिन बन्द गरिएको थियो । आठ वर्षदेखि हामीहरूले दबाब दिएको कारणले उत्कृष्ट खेलाडीहरू पुरस्कार दिन एन्फालाइ बाध्य बनायौ। हिजो यारिस टोइटा कार चढेका थिए एन्फालाई सम्झाएको मात्र।
कार तथा अपार्टमेन्ट दुवै दिएको भए हाम्रो माग सत्प्रतिशत पूरा हुन्थ्यो। दुईमध्ये एक दिनुपर्दा अपार्टमेन्ट दिएको भए उपयुक्त हुन्थ्यो। यो निर्णयलाई मैले सकारात्मक रुपमा लिएको छु। महिला तथा पुरुष खेलाडीहरू तथा रेफ्रीहरूलाई मासिक तलब दिने हामीहरुले २०५२ सालबाट सुरु गर्दै क्रमिक रुपमा तलब वृद्धि गर्दै आएका थियौं जसअनुसार यसपटक पनि वृद्धि भएको छ। यो सामान्य प्रक्रियाको रुपमा लिएको छु।
लिग, राष्ट्रिय लिग, प्रेसिडेन्ट कप, क्षेत्रीय लिग, जिल्ला लिग कहिले हुने हो। करिब २ वर्षसम्म एन्फाद्वारा सञ्चालित प्रतियोगिता खेल्नबाट खेलाडीहरू वञ्चित रहने निश्चित देखियो तर आज एन्फाको बैठकको निर्णय हेर्दा अर्को एक वर्ष गरी तीन वर्षसम्म खेलाडीहरू वञ्चित रहने देखियो। यसरी खेलाडीहरू लाइ बेरोजगार बनाउने निर्णय गर्दा बहुमतको नाममा निर्णय गर्नेहरूले कुनै दिन खेलाडीहरूलाई जवाफ दिनुपर्ने हुन्छ। विगत १० वर्ष अगाडि खेलाडीहरूले विजय हासिल गर्दा एन्फा द्वारा घोषणा भएका पुरस्कार दिने विषयमा कुनै निर्णय भएन। यस्ता विषयमा बहुमत केन्द्रीय सदस्यज्यूहरूको ध्यान गएको देखिएन।
पूर्व एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको पालामा फिफाबाट प्राप्त अनुदान बाट पोखरामा पूर्वाधारको निमित्त छुटाएको बजेट खारिज गर्दै काठमाडौँ, र केही जिल्लाहरूमा पूर्वाधार बनाउने निर्णय गर्दा हटाइएका जिल्ला दुखी होला नयाँ पाउने खुसी होला। यी प्रोजेक्टहरू कति वर्षमा बन्ने टुङ्गो छैन। निर्णय हुने एउटा कुरा हो कार्यान्वयन हुने अर्को पक्ष हो। जसरी विगतमा गरेको निर्णय बदर गरियो त्यसैगरी हाल गरेको निर्णय पनि बदर हुन कुनै बेर छैन।
समग्रमा भन्नुपर्दा केही सकारात्मक निर्णय भएतापनि यस एन्फा कार्यसमितिको बैठकबाट फिफाको रकम बाँडफाँड गर्ने बाहेक आफ्नै साधन स्रोतबाट कुनै पनि प्रतियोगिताहरू गर्न एन्फाले नसक्ने निर्णयहरुबाट प्रष्ट रुपमा देखिन्छ, उनले भनेका छ्न । थापाले एन्फामा अहिले लुटतन्त्र भएको औलाएका छ्न । करिब दुई वर्षदेखि लिग हुन नसकेर खेलाडीहरू बेरोजगार रहेको अवस्थामा एन्फा महासचिवको तलब सत्प्रतिशत वृद्धि गरी २ लाख ७० हजार दिने ऐतिहासिक निर्णय एन्फा अध्यक्षले गरे।
आज हुन गइरहेको यू२० फुटबल खेलको फाइनलमा नेपाली राष्ट्रिय युवा टोलीलाई विजय हासिल गर्नको निमित्त हार्दिक शुभकामना दिन चाहन्छु साथै फुटबल हेर्न आउने खेलप्रेमि दर्शकहरूले एन्फा महासचिवको तलब वृद्धिको बारेमा कस्तो प्रतिक्रिया आउने हो ? प्रतिक्षा गरौं। केही सकारात्मक निर्णयहरू पनि भएका छन् तर त्यो कार्यान्वयन हुन्छ कि हुदैन हेर्न बाँकी छ। थापा पुर्व राष्ट्रिय खेलाडी पनि हुन् । २००९ मा एसियाली फुटबल महासङ्घ (एएफसी)का पूर्वअध्यक्ष मोहम्मद विन हमामको भ्रष्टाचार मामला थापाले हमामसँग १ लाख डलरको अवैध उपहार लिएको खुलासा पछी उक्त रकम थापाको छोरा गौरव थापाको व्यक्तिगत बैङ्क खातामा जम्मा भएको थियो।
थापाले पछि दावी गरे कि उनले त्यो पैसा आफ्नो व्यक्तिगत प्रयोगका लागि सापट लिएका थिए, र यस्तो खुलासाले नेपाल र नेपाली फुटबलको छवि बिगार्न सक्दैन। नोभेम्बर २०१९ मा, फिफा आचार संहिता समितिले उनलाई १० वर्षको लागि प्रतिबन्ध लगाएको थियो थापाको विकीपिडियामा उल्लेख छ ।
दुई दशक नेपाली फुटबलको बागडोर सम्हालेका थापालाई विश्व फुटबल महासंघ (फिफा)ले प्रतिबन्ध लगाएको करिब पाँच वर्ष नाघ्यो। तर निलम्बित पूर्वअध्यक्ष थापा अहिले पनि भित्रभित्रै उकुस मुकुसले भरिएका छन्। सामाजिक सञ्जालमा आरोप प्रत्यारोपमा भिँडिरहेकै हुन्छन् र भनिरहेका छ्न एन्फामा लुटतन्त्र भयो ।