हेटौंडा \ हेटौंडा ४ स्थित जमादार पोड रेल प्रा.लिले शुक्रबार सम्पन्न कोशी इन्भेष्टमेन्ट समिट-२०२५ मा आयोजक समिति सँगको सहकार्य मोरङ जिल्लाको रानी–विराट क्षेत्रलाई लक्षित १४ किलोमिटर लामो इलेभेटेड प्यासेन्जर ट्रान्सपोर्टसन प्रणाली परियोजना सम्बन्धी महत्वपूर्ण समझदारीपत्रमा औपचारिक रूपमा हस्ताक्षर गरेको छ ।
उक्त परियोजनाको अनुमानित लागत ५ अर्ब नेपाली रुपैयाँ रहेको छ र कोशी पोडवे परियोजना अन्तर्गत मोरङको रानी–विराट क्षेत्रमा उक्त आधुनिक यातायात प्रणालीको निर्माण कार्य प्रारम्भ गरिने कम्पनीका अध्यक्ष तथा निर्देशक अमित अग्रवालले बताए ।
समिट कार्यक्रमा आकस्मिक कारणवश कार्यक्रममा उपस्थित हुन नसकेपनि कम्पनीको तर्फबाट मुख्य वित्तीय अधिकृत ओस्कार डंगोलले समझदारीपत्रमा औपचारिक हस्ताक्षर गरेका छन्, अध्यक्ष अग्रवालले भने । परियोजनामा विस्तृत प्राविधिक अध्ययन, पूर्वाधार निर्माण, स्मार्ट यातायात प्रविधि स्थापना, र सञ्चालन संरचना विकास समावेश गरिएको छ, उनले भने । मेरो ड्रिम प्रोजेक्टको रुपमा रहेको यस परियोजना अब पुरा गरिनेछ ।
देशको पूर्वाधार क्षेत्रमा अग्रसर भई नवप्रविधि भित्र्याउन दृढ अठोट बोकेर परियोजना सम्पन्न गर्न अग्रसर रहने अग्रवालले बताए । हामीले मोरङ जिल्लाबाट सुरु गर्ने यो १४ किलोमिटर लामो इलेभेटेड प्रणालीले यातायातको सहजता, वातावरणीय दिगोपन र प्रविधिमा आधारित विकासलाई संस्थागत बनाउने छौं, उनले भने ।
कोशी इन्भेष्टमेन्ट समिट आयोजक समितिले जमादार पोड रेल प्रा.लिप्रति आभार व्यक्त गर्दै यस्तो दूरदर्शी तथा नवप्रविधिमा आधारित परियोजनाले कोशी प्रदेश विशेषगरी मोरङ क्षेत्रको समुन्नत, सुरक्षित र स्मार्ट शहरीकरणमा ऐतिहासिक भूमिका खेल्ने अपेक्षा व्यक्त गरेको छ । हस्ताक्षर पश्चात डंगालले भने इलेभेटेड प्यासेन्जर ट्रान्सपोर्टसन प्रणाली रानी-विराट परियोजना मोरङ जिल्लाको लागि मात्र होइन, सम्पूर्ण प्रदेशको शहरी विकासमा नयाँ युगको सुरुवात हुनेछ ।