हेटौंडा \ सामूदायिक वन उपभोक्ता महासंघ नेपाल(फेकोफन) मकवानपुरको प्रथम जिल्ला परिषद् शनिबार भएको छ । जिल्ला अध्यक्ष साधुराम चौलागाईको सभाध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य भारती पाठकको प्रमुख आतिथ्यतामा सभा भएको हो ।
परिषद्मा आर्थिक प्रतिवेदन कोषाध्यक्ष बलराम अधिकारीले प्रस्तुत गर्नुका साथै सांगठनिक प्रतिवेदन महासंघका अध्यक्ष साधुराम चौलागाईले प्रस्तुत गरेका थिए । परिषद्का उद्देश्य, सवास, समस्याहरुको विषयमा महासंघका केन्द्रीय सदस्य रामहरि चौलागाईले आफ्ना भनाई राखेका थिए ।
परिषद्को अवसरमा महासंघका संस्थापक अध्यक्ष पुष्पराज पराजुली, निवर्तमान अध्यक्ष पञ्चमाया स्याङ्तान, पूर्व परियोजना संयोजकद्धय रुजन ओझा र सुसन विश्वकर्मा लगायत अन्य व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान, पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख रामचन्द्र खतिवडा, डिभिजन वन कार्यालय राप्तीका प्रमुख सुरेश प्रसाद गुप्ता, डिभिजन वन कार्यालय हेटौंडाका वन अधिकृत बसन्तराज गौतम, पारिवारिक निजी वन महासंघका महासचिव आरती पाठक, स्थानीय महासंघ राक्सिराङका अध्यक्ष थलबहादुर थापा, निवर्तमान अध्यक्ष पञ्चमाया स्याङ्तान लगायतले आफ्नो भनाई राखेका थिए ।
कार्यक्रममा नेकपा एमालेका सचिव सीता विष्ठ, राप्रपा नेपालका गुरुप्रसाद सापकोटा, नेकपा एसका उपसचिव किशोर बर्तौला, नेकपा माओवादी केन्द्रका जीवन गोले, गैसस महासंघका अध्यक्ष रमिला सापकोटा, नेफिन मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङ लगायतको आतिथ्यता रहेको थियो ।