हेटौँडा \ हेटौँडा उपमहानगरपालीका वडा नम्बर २, संगमचोक स्थित ज्ञानोदय बालबाटिका एकेडेमीका विद्यार्थिहरुले मतदान प्रक्रियाबाट आफ्नो विद्यालयको क्याप्टेन र भाइस क्याप्टेन तथा हाउसको क्याप्टेन र भाइस क्याप्टेन चयन गरेका छन् । क्याप्टेन चयन गर्दा अपनाइएको निर्वाचन प्रक्रियाले कुनै आवधिक वा स्थानीय तहको निर्वााचनको झल्को दिएको थियो । विद्यार्थीहरुले अध्ययन गर्ने सामाजिक शिक्षामा निर्वाचन प्रक्रियाका बारेमा पढ्नै पर्ने र व्यवहारिक ज्ञान समेत हुने भएपछी विद्यालयले विद्यार्थीहरुबिच क्याप्टेन तथा भाइस क्याप्टेन चयन गर्न निर्वाचन प्रक्रिया अपनाएको विद्यालयका अतरिक्ति क्रियाकलाप संयोजक प्रितेशकुमार कलवारले जानकारी दिए ।
विद्यालयमा विद्यार्थीहरुको नेतृत्व चयनमा स्वच्छ प्रतिस्पर्धा पनि हुने र विषयगत ज्ञान पनि हुने भएकाले निर्वाचन प्रक्रिया अपनाइएको उनको भनाई छ । यसअघी विद्यालय प्रशासन आफैले विद्यालयमा आवश्यक पर्ने क्याप्टेन र भाइस क्याप्टेन चयन गर्दै आएको थियो । आइतबार विद्यालयमा भएको निर्वाचनबाट क्याप्टेनमा छात्रतर्फ कक्षा ९ का निमेष आचार्य १७९ र छात्रातर्फ जमुना ढुंगाना १५३ मतसहित निर्वाचित भए । क्याप्टेनको छात्रर्फ निकटमत प्रतिस्पर्धा सुवास घलानले ९२ मत र छात्रातर्फ प्रविशा ढकालले ९३ र नुरमा राणाले २३ मत पाएको निर्वाचन अधिकृत अनिता न्यौपानेले जानकारी दिइन् ।
उनका अनुसार भाइस क्याप्टेनमा छात्रबाट कक्षा ८ का राजवीर बानियाँ १०६ मत र कक्षा ८ कै सुप्रिमा श्रेष्ठ १६६ मतसहित निर्वाचित हुँदा भाइस क्याप्टेनमा छात्रतर्फ समिप सिंहले ७५, आवेश उप्रतीले ५६ र संस्कार बानियाँले ३४ मत तथा भाइस क्याप्टेनमा आर्जु खातुनले १०५ मत प्राप्त गरिन् । मतदानमा विद्यालयका कक्षा ६ देखी १० सम्मका २८५ विद्यार्थीले भाग लिएका थिए । विद्यालय चुनावमा जानुअघि उम्मेदवारी घोषणा, मनोनयन दर्ता, दावी विरोध, उम्मेदवारी फिर्ता, चुनाव प्रचार प्रसार, मौनअवधि जस्ता आधारभूत क्रियाकलापमा विद्यार्थीहरुलाई संलग्न गराएको निर्वाचन अधिकृत न्यौपानेले बताईन । निर्वाचनबाटै विद्यालयमा रहेका चारवटा विभिन्न हाउसका क्याप्टेन र भाइस क्याप्टेन पनि निर्वाचित भएको उनले जानकारी दिइन् । अधिकृत न्यौपानेका अनुसार रेड हाउसको क्याप्टेनमा छात्रतर्फ अंशराज दास १९ र छात्रातर्फ रिचा अग्रवाल २२ मतसहित निर्वाचित भएका छन् ।
यस्तै रेड हाउसको भाइस क्याप्टेनको लागि छात्रतर्फ एल्विक पुडासैनी १९ मत र छात्रातर्फ सम्रिना श्रेष्ठले ३५ मत प्राप्त गरि निर्वाचित भएका छन् । यसैगरी ब्लु हाउसको क्याप्टेनमा छात्रतर्फ आर्यन लामा ३८ मत र छात्रातर्फ रियुसा खड्गी ४५ मतसहित निर्वाचित भएका छन् । यस्तै भाइस क्याप्टेनमा छात्रतर्फ निर्मल गौतम ४० मत र निच्छेन लामा ४१ मतसहित निर्वाचित भएका छन् । यस्तै यल्लो हाउसको छात्रतर्फ नयन मानन्धर २२ मत र छात्रातर्फ वैश्नोदिप सापकोटा ४५ मतसहित निर्वाचित हुँदा भाइस क्याप्टेनको छात्रतर्फ इशान थापा १९ मत र छात्रातर्फ एन्जिला लामा ४५ मतसहित निर्वाचित भए । निर्वाचन अधिकृत न्यौपानेका अनुसार ग्रिन हाउसको छात्रतर्फ सन्देश थापा ४२ मत र छात्रातर्फ आरोशी श्रेष्ठ ३२ मतसहित निर्वाचित भएका छन भने भाइस क्याप्टेनको छात्रतर्फ रिशभ गुप्ता २० मत र छात्रातर्फ टिना ब्लोन निर्विरोध निर्वाचित भएका छन् ।
प्रतस्पिर्धी विद्यार्थीहरूले आफ्नो योजना सहित विद्यालयमा रहेका विधार्थी मतदाताहरुसँग मत समेत मागेका थिए । विद्यार्थीहरुले विद्यालय परसिर भित्र बनाइएको चार वटा मतदान केन्द्रमा मतदान गरेका थिए । निर्वाचन सम्पन्न गराउन शिक्षकहरू मावि संयोजक भीम प्रधान, निमावि संयोजक करुणा थापा, भाग्य श्रेष्ठ, रमेश थापा, सुमिना थापा, आषिश सुवेदी, अञ्जली प्रधान लगाएतले विभिन्न जिम्मेवारीमा रहेर भूमिका निर्वाह गरेका थिए । निर्वाचित भएका विद्यालयका क्याप्टेन र भाइस क्याप्टेनहरुलाई विद्यालयका कार्यवाहक प्रिन्सिपल अनिरुद्र धमला र विद्यालयका सञ्चालक सञ्जय सुवेदीले जिम्मेवारी हस्तान्तरण गरेका थिए ।