हेटौंडा \ जुत्ता चप्पल व्यवसायी संघ मकवानपुरको चौथो साधारण सभा तथा दोस्रो अधिवेसनले पुनः रामहरि तिमल्सिनाको नेतृत्वमा नयाँ समिति चयन भएको छ । शनिबार भएको सभाले संघको वरिष्ठ उपाध्यक्षमा केदारनाथ दुलाल, उपाध्यक्षमा जनककुमार दास, महासचिवमा प्रह्लाद खनाल, सचिवमा मोहन उप्रेती, कोषाध्यक्षमा राजु लम्साल चयन भएका छन् ।
संघको सदस्यहरुमा दधिराम गौतम, अर्जुन केशरी, रण दुलाल सार्की, कृष्ण चौलागाई निशान गौतम र सलीम अन्सारी चयन भएका छन् । अध्यक्ष तिमल्सिनाको सभाध्यक्षतामा भएको सभामा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । सभामा सञ्चारकर्मी कपिल खड्का र हेटौंडाका पुराना व्यवसायी लक्ष्मण साह कानुलाई सम्मान गरिएको थियो । सभामा अध्यक्ष तिमल्सिनाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सभामा मउवा संघका कार्यबहाक अध्यक्ष काव्यमणि अधिकारी, संघका उपाध्यक्षद्धय राजु अधिकारी र उज्वल चौलागाई, मकवानपुर घरेलु साना उद्योग संघका अध्यक्ष कुमार पौडेल, मकवानपुर चेम्बर अफ कमर्सका अध्यक्ष माधव न्यौपाने, अधिकृत विक्रेता व्यवसायी संघका अध्यक्ष अमित श्रेष्ठ, कस्मेटिक व्यवसायी संघका अध्यक्ष राजदेव बानियाँ, मकवानपुर फर्निचर व्यवसायी संघका अध्यक्ष कृष्ण अर्याल, मोवाईल एशोसिएसन अफ नेपाल मकवानपुरका वरिष्ठ उपाध्यक्ष राजकुमार दाहाल, कपडा तथा तयारी पोशाक व्यवसायी संघका उपाध्यक्ष पवन दुलाल, नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहाललगायतको आतिथ्यता रहेको थियो ।