हेटौंडा \ हेटौंडा लेडी जेसीजको वार्षिक कार्यक्रम जेसीज सप्ताह कार्यक्रम बिहीबार समापन भएको छ। भदौं २७ गतेबाट विभिन्न कार्यक्रम गर्दै सुरु भएको सप्ताह कार्यक्रम बिहीबार समापन भएको हो ।
जेसीज अध्यक्ष कविता पौडेलको सभाध्यक्षमा भएको जेसीज सप्ताह समापन तथा पुरस्कार वितरण कार्यक्रममा संविधानसभा सदस्य अनन्त पौडेलको प्रमुख आतिथ्यता रहेको थियो।
जेसीज सप्ताह अन्तर्गत ९ वटा विभिन्न कार्यक्रममा सहभागी तथा विजेतालाई पुरस्कार प्रदान गरिएको थियो । वक्तृत्वकला प्रतियोगितामा उचित बजगाई प्रथम, सुनील न्यौपाने द्धितीय, सुदिन पौडेल तृतीय र मधु यादव सान्त्वना भएका थिए । उनीहरुलाई क्रमशः पाँच, तीन र दुई हजार नगद प्रदान गरिएको थियो ।
त्यस्तै स्लो स्कुटी रेस प्रतियोगितामा प्रथम लक्ष्मी थापा मगर, द्धितीय रिता ठकुरी र तृतीय हुने प्रतिक्षा न्यौपानेलाई हेल्मेट पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रमको विशिष्ट अतिथि जेसिज राष्ट्रिय उपाध्यक्ष तथा निरुपित राष्ट्रिय जेसिज क्षेत्र ख की उपाध्यक्ष रश्मी बस्नेत रहेकी थिइन भने कार्यक्रममा हेटौंडा वडा नम्बर २ का वडाध्यक्ष विष्णु गोपाल महर्जन, हेटौंडा जेसीजका अध्यक्ष पवन कंसाकार, पुर्व अध्यक्ष निलम पाण्डे, सुशीला पौडेल, निवर्तमान अध्यक्ष प्रतिमा श्रेष्ठ सहित विभिन्न जेसीजका अध्यक्ष एंव प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

जेसीज सप्ताह मुल संयोजक सजिता केसी खत्रीले आमा घर नेपाललाई सहयोग, महिला हिंसा विरुद्ध सचेतना तालिम, हुप्रचौर सरसफाई कार्यक्रम, आत्म रक्षा तालिम, वक्तृत्वकला प्रतियोगिता, शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रा, स्लो स्कुटी रेस, डेङ्गु विरुद्ध सचेतना र आज समापन कार्यक्रा गरिएको बताइन् ।