हेटौंडा \ नेपालमै पहिलो पटक उत्पादन भएको प्राइम टायल्स अब बागमती प्रदेशको राजधानी हेटौंडामा पनि विक्री सुरु भएको छ । दुईवर्ष देखी उत्पादन सुरु भएको हो । रौतहटको चपुरमा रहेको उद्योगमा कच्चापदार्थको लागि मकवानपुरको थाहानगरबाट माटो लाने गरेको कम्पनीका वरिष्ठ प्रवन्धक गणेशसिं बटालाले बताए ।
कम्पनीले शनिबार साँझ हेटौंडामा मकवानपुरका निर्माण व्यवसायी लक्षित गरी कन्ट्राक्टर मिट-२०२५ आयोजना गरेको छ । कार्यक्रममा बटालाले उद्योगबाट उत्पादित विभिन्न साइज र डिजाइनका टायल्सहरुबारे जानकारी गराएका थिए । हेटौंडाको लागि आधिकारिक विक्रेता सुदीप हार्डवयर तथा सप्लार्यसका सञ्चालक सुदीप तिमल्सिनाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
नेपालको कल्चरलाई समेट्दै पाल्पाली, मिथिला, थान्का, गोदावरी मार्वल, फ्ल्याग ढुङ्गा, काष्ठमण्डप, पोखरेली मुस्ताङ डिजाइनका भुईमा तथा वालमा लगाइने टायल्सका बारेमा चर्चा गरिएको थियो । ८० प्रतिशत कच्चा पदार्थ मकवानपुर, सिन्धुली लगायतको स्थानको प्रयोग गरेका छौं, बटालाले भने । छिट्टै नै कमेरो माटो परिक्षण हुँदै छ, पास भएपछि प्रयोग गरिनेछ ।
चर्चित गोदावरी मार्वललाई अब हामीले टायल्समा परिणत गर्दै बजारमा ल्याइएको उनले बताए । प्राइम सेरामिक प्रालिले उत्पादन गरेको टायल्सहरु नेपालको १२० वटा आधिकारिक विक्रेताबाट विक्री भइरहेको बटालाले बताए । प्राइम टायल्स ६ वटा साइजमा उत्पादन भइरहेको छ, अब १ वटा थप्ने तयारीमा छौं, उनले भने । नेपाली कच्चा पदार्थ प्रयोग गरेर आइएसओ प्रमाणित रहेको यस टायल नेपालमा उपयुक्त रहेको जनाईको छ । भारतीय मंहगो टायल भन्दा यहीँ प्रयोगले सेवाग्राहीहरु सन्तुष्ट रहने बटालाले बताए ।
विश्वमा सेरामिक प्रविधिमा अब्बल इटालियन बहुराष्ट्रिय कम्पनी सक्मीको सम्पूर्ण मेसिन प्रयोग गरिएकाले गुणस्तरमा कुनै समस्या नभएको र गुणस्तरमा उद्योगले ग्यारेन्टी लिएको वरिष्ठ प्रवन्धक बटालाले बताए । उद्योग सञ्चालनमा तीन अर्ब लगानी रहेको जनाइएको छ ।
कार्यक्रम निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कंडेल, महासचिव राजेन्द्र प्रसाद चौलागाई लगायतले आफ्नो भनाई राखेका थिए । कार्यक्रममा एक सय भन्दा निर्माण व्यवसायीहरुको सहभागिता रहेको थियो । सबै साइज र डिजाइनको प्राइम टायल्स हेटौंडामा उपलब्ध रहेको आधिकारिक विक्रेता सुदीप हार्डवयर एण्ड सप्लायर्सका सञ्चालक सुदीप तिमल्सिनाले बताए ।