हेटौंडा \ कर्मचारी सञ्चय कोषको ६१ औं वार्षिक उत्सवको अवसरमा वृद्धाश्रममा खाद्यान्न सहयोग गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं २ मा रहेको ॐ वृद्धाश्रममा खाद्यान्न सहयोग गरिएको हो ।
कर्मचारी सञ्चय कोष शाखा कार्यालय हेटौंडाका प्रमुख राजेन्द्र लामिछाने सहितका कर्मचारी परिवारले ॐ वृद्धाश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठ र कोषाध्यक्ष फणिन्द्र प्रसाद तिमल्सिनालाई खाद्यान्न तथा फलफुल हस्तान्तरण गरेका थिए ।
चामल दुई बोरा, दाल ५ केजी, मिक्स गेडागुडी ५ केजी, तेल ५ लिटर, नुन ५ पाकेट, मस्यौरा १ बोरा, फ्रुटी एक कार्टुन, मसला १ केजी, भुजा २ केजी, चिउरा ५ केजी, बिस्कुट ५ पाकेट, फलफुल ९स्याउ० ५ किलो, आलु ५ किलो र तरकारीहरु फर्सी, स्कुस, कागती वृद्धाश्रमलाई हस्तान्तरण गरिएको हो ।
हाल ॐ बृद्धाश्रममा २५ जना वृद्धवृद्धाहरुले आश्रय लिएका छन् । विभिन्न संघ संस्थाको वार्षिक उत्सव, विवाह वर्षगाठ, जन्मदिन मनाउनेहरुले गरेको सहयोगबाट आश्रमलाई चल्न सहज भएको छ ।