कैलाश \ कैलाश गाउँपालिका वडा नम्बर ९ मा अवस्थित ऐतिहासिक धार्मिक स्थल स्यार्सेकालिका मन्दिर क्षेत्र विकास समितिको अध्यक्षमा पुनः आत्माराम शिवाकोटी चयन भएका छन् । शनिबार भएको प्रथम वार्षिक सभाले नयाँ कार्यसमिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा राजाराम पराजुली, सचिवमा मनोज प्रसाद बर्तौला, कोषाध्यक्षमा नानीमैयाँ सत्याल चयन भएका छन् । समितिको सदस्यहरुमा भने सपना नेपाली, होमबहादुर ढकाल, रामु रिजाल, ताराबहादुर घिसिङ, गायत्री बर्तौला र रमेश कालाखेती चयन भएका छन् ।
अध्यक्ष शिवाकोटीको सभाध्यक्षतामा भएको सभामा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो । सभालाई सम्बोधन गर्दै अध्यक्ष मुक्तानले कैलाश गाउँपालिकाको धार्मिक स्थलको रुपमा रहेको यस मन्दिरले इतिहास बोकेको छ । हामीले गाउँपालिकाको स्थानीय पाठ्यक्रममा यस मन्दिरको इतिहास समेटिएका छौं, यसको संरक्षण र प्रवद्र्धन गर्नु जरुरी छ, उनले भने । धर्म, संस्कृतिलाई जगेर्ना गर्दै धार्मिक पर्यटनको रुपमा यस मन्दिरलाई विकास गरिनुपर्ने उनले बताए ।
यस मन्दिरको पुरानो इतिहास छ, उजागर गर्न नसकिएको होकी भन्ने हामीमा छ, अब सडकसञ्जालको विस्तारले यसक्षेत्रको पनि विस्तारै विकास हुने अध्यक्ष मुक्तानले बताए । समितिले व्यवस्थापन, संरक्षण, फोहोर व्यवस्थापन तर्फ ध्यान दिन आग्रह गर्दै आगामी मंसिरमा लाग्ने ठुलो मेला जात्राको लागि गाउँपालिकाले आवश्यक बजेट विनियोजन गरेको छु, सव्य र भव्य रुपमा मेला सञ्चालन गर्नुस्, उनले भने । उनले मेला जात्रामा शान्ति सुरक्षा तर्फ समेत ध्यान दिई आफ्नो धर्म र संस्कृतिलाई जगेर्ना गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा गाउँपालिकाका प्रशासन शाखा प्रमुख रामचन्द्र शिवाकोटी, सल्लाहकार केदार प्रसाद बर्तौला, नामटार स्वास्थ्य चौकीका प्रमुख रन्जेस सिं पटेलले आफ्ना भनाई राखेका थिए । सभामा तीन लाख ५ हजार ७ सयको खर्च आम्दानी प्रतिवेदन प्रस्तुत गरिएको थियो । सभामा वडा १० का पूर्व वडाध्यक्ष माणिकलाल मोक्तान, सल्लाहकार बुद्धिमान तामाङ, कालिका माविका पूर्व प्रअ रामप्रसाद बर्तौला लगायतको आतिथ्यता रहेको थियो । उक्त मन्दिरमा आगामी मंसिर १७ गते राती ठुलो मेला जात्रा लाग्दै छ ।