हेटौडा \ हेटौडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूह, चौघडाको २९ औ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।हेटौडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष केशव धितालको सभाध्यक्षतामा साधारणसभा भएको हो । साधारणसभामा समूहका अध्यक्ष धितालले संस्थागत प्रतिवेदन, सचिव अमुना सापकोटाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष गोमा लामिछानेले आव ०८१\०८२ को लेखा परिक्षण प्रतिवेदन र चालू आव ०८२\०८३ को लागि ७२ लाख २९ हजारको अनुमानित आयब्यय विवरण र लेखा समिति संयोजक राजकुमार फुयालले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।
सभामा ज्येष्ठ सदस्य ठूलीमाया पाख्रिन, पूर्ण बहादुर राई,निवर्तमान अध्यक्ष विष्णुप्रसाद न्यौपाने, निर्वाचन समिति संयोजक अर्जुनप्रसाद चौलागाई, सदस्य रामहरि चौलागाई, साधुराम चौलागाई, वन अधिकृत हेम कुमार पाठक लाई सम्मानित गरिएको थियो । यसैगरी सञ्चारकर्मीतर्फ मनोज देवकोटा, कार्यसमितिका पदाधिकारी, विधार्थी सौरभ सापकोटा र अनुष्गा हुमागाई लगायतकालाई समेत पुरस्कृत गरिएको थियो ।
सभामा हेटौडा ६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, मकवानपुरगढी ३ का वडा अध्यक्ष भागवत घिमिरे, हेटौडा ६ का वडा सदस्य विजय पौडेल हेटौडा - ६ का निवर्तमान अध्यक्ष अर्जुनप्रसाद चौलागाई,, सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य रामहरि चौलागाई , जिल्ला अध्यक्ष साधुराम चौलागाई, स्थानीय महासंघ हेटौडाका अध्यक्ष शम्भु प्रसाद न्यौपाने, सव डिभिजन वन कार्यालय, हेटौडाका वन अधिकृत बच्चुराम सुवेदी, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, न्यूरेनी चिसापानी वनका अध्यक्ष प्रकाश कार्की , जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, कामधेनु सहकारीका अध्यक्ष उदय बिडारी लगायतको आतिथ्यता रहेको थियो ।
१ सय ३८ हेक्टर क्षेत्रफलमा फैलिएको यो सामुदायिक वनमा ८ सय ५० घरधुरी आवद्व रहेका छन । वनले सर्वमान्य गणेशमान सिह वन संरक्षण प्रथम पुरस्कार २०५७ बाट सम्मानित भइसकेको छ । साधारणसभाले विभिन्न १४ वटा प्रस्तावहरु सर्वसम्मत पारित गरेको समूहका कार्यालय सचिव भीमसेन पौडेलले बताएका छन् ।